सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

तनहुँमा थपिए तीन हजार मतदाता


  •    न्युजभित्तो/१८ मंसिर २०७८, शनिबार १४:२० 
  • दमौली, १८ मङ्सिर । चालु आर्थिक वर्षको चार महिनाको अवधिमा तनहुँ जिल्लामा करिब तीन हजार नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार चालु आर्थिक वर्षको साउनदेखि कात्तिक मसान्तसम्म दुई हजार ८१७ नयाँ मतदाता थपिएका हुन् ।

    जिल्ला प्रशासन कार्यालय र निर्वाचन कार्यालयबाट मतदाता नामावली सङ्कलनको काम हुँदै आएको जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालयमा नागरिकता बनाउने बित्तिकै मतदाता नामावली दर्ता गर्ने व्यवस्था मिलाइएको छ । त्यसका लागि छुट्टै एक कर्मचारी खटाइएको छ ।

    जिल्लामा कात्तिक मसान्तसम्म कूल मतदाता दुई लाख २९ हजार ८६३ पुगेका छन् । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा एक लाख ९४ हजार ४७१ मतदाता रहेकामा प्रतिनिधिसभा÷प्रदेशसभा निर्वाचनका बेला मतदाताको सङ्ख्या दुई लाख ११ हजार ४४६ पुगेको थियो । गत चैत मसान्तसम्म मतदाताको सङ्ख्या दुई लाख २७ हजार ४६ पुगेको कार्यालयले जनाएको छ ।

    कार्यालयले शुक्रबारदेखि जिल्लाका सबै स्थानीय तहबाट मतदाता नामावली सङ्कलन सुरु गरेको थियो । दुई चरणमा गरी नौ वटा स्थानीय तहबाट मतदाता नामावली सङ्कलन सुरु भएको हो । पहिलो चरणमा मङ्सिर १७ गतेदेखि २६ गतेसम्म भिमाद नगरपालिका, घिरिङ गाउँपालिका, बन्दिपुर गाउँपालिका, देवघाट गाउँपालिका र म्याग्दे गाउँपालिकामा मतदाता नामावली सङ्कलन गरिनेछ । दोस्रो चरणमा मङ्सिर २९ गतेदेखि पुस ९ गतेसम्म शुक्लागण्डकी नगरपालिका, ऋषिङ गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र भानु नगरपालिकामा मतदाता नामावली सङ्कलन हुनेछ । व्यास नगरपालिका भने सदरमुकाममै रहेकाले प्रशासन र निर्वाचन कार्यालयबाटै मतदाता नामावली सङ्कलन हुनेछ ।

    मतदाता नामावली सङ्कलनका लागि नौ दर्तास्थल व्यवस्थापक, पाँच दर्ता कर्मचारी, नौ सहायक दर्ता कर्मचारी र नौ दर्तास्थल सहायक गरी कूल ३२ कर्मचारी परिचालन गरिएको छ । सम्बन्धित स्थानीय तहका कर्मचारीलाई नै दर्तास्थल व्यवस्थापकको रुपमा खटाइएको छ । सङ्कलन गरिएको विवरण पुस १० गतेदेखि २६ गतेसम्म रुजु गरी २९ गतेसम्म निर्वाचन आयोगमा पठाइनेछ ।

    जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालयमा सञ्चालन भइरहेको मतदाता नामावली दर्ता कार्य उक्त अवधिमा पनि निरन्तर रहने निर्वाचन अधिकारी ढकालले जानकारी दिनुभयो । अन्य जिल्लामा स्थायी बसोबास भई विभिन्न पेशा व्यवसाय गरी तनहुँमा रहेका नागरिकले आफ्नो स्थायी बसोबासको ठेगानामा मतदाता नामावली रहने गरी जिल्ला निर्वाचन कार्यालयमा नाम दर्ता गराउन सक्नेछन् । मतदाता नामावली सङ्कलनलाई सहज बनाउन जिल्लास्तरमा प्रमुख जिल्ला अधिकारी र पालिकास्तरमा पालिकाका प्रमुखको संयोजकत्वमा समिति गठन गरिएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    निर्वाचन प्रणालीलाई थप व्यवस्थित बनाउन एकीकृत कानुन आवश्यकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
    ‘बुद्धका सन्देश नै दिगो शान्ति र समृद्धिका आधार’
    आज पनि घट्यो नेप्से परिसूचक
    • तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश
    • मधेसको खानेपानी सङ्कट समाधानमा संसदीय समितिको जोड
    • अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालयमा यसरी हुँदैछन् विद्यार्थी भर्ना
    • अटो चलाएर आत्मनिर्भर बन्दै महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.