सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

शहीद स्मारक ‘ए’ डिभिजन लिग: संकटा र मनाङ तथा च्यासल र एनआरटी भिड्दै


  •    न्युजभित्तो/१८ मंसिर २०७८, शनिबार १३:१२ 
  • काठमाडौं,१८ मङ्सिर । शहीद स्मारक ‘ए’ डिभिजन लिगमा आज पहिलो खेलमा संकटा र मनाङ मर्स्याङदी तथा दोस्रो खेलमा च्यासल थुथ क्लब र न्युरोड टिम भिड्दैछन् ।

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेल दिँउसो १ बजे सुरु हुनेछ । यस्तै, दोस्रो खेल ४:४५ बजे सुरु हुनेछ । पहिलो चरणमा जावलाखेल युथ क्लबलाई १-० गोलको नतिजामा पराजित गरेको मनाङले दोस्रो खेलमा हिमालयन शेर्पा क्लबविरुद्ध पनि सोही नतिजा निकालेको थियो । मनाङ मात्रै सुरुआती दुई खेलमा सतप्रतिशत नतिजा निकाल्ने टोली हो ।

    आज हुने खेलमा मनाङ आफ्नो तेस्रो जित निकाल्दै तालिकाको शीर्ष स्थानमा फर्किने दाउमा छ । संकटा क्लबले पहिलो चरणमा हिमालयन शेर्पासँग १(१ गोलको बराबरी खेलेको थियो । यस्तै दोस्रो चरणमा फ्रेन्डस क्लबलाई २(१ गोलको नतिजामा पराजित गरेको थियो ।

    यस्तै, च्यासल पहिलो चरणको खेलमा थ्री-स्टारसँग ३-० को नतिजामा पराजित भएको थियो । दोस्रो चरणमा एपीएफ क्लबलाई १-० को नतिजामा हराएको थियो ।

    पहिलो चरणमा मछिन्द्र फुटबल क्लबसँग २-१ को नतिजामा पराजित भएको न्युरोडले दोस्रो चरणमा बिग्रेड ब्वाइजसँग गोलरहित बराबरी खेलेको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    • अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.