सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपालले प्यालेस्टाइनको पक्षमा भोट गरेपछि देउवासँग इजरायलको आपत्ति


  •    न्युजभित्तो/१८ मंसिर २०७८, शनिबार १३:०७ 
  • काठमाडौं, १९ मङ्सिर । नेपालले प्यालेस्टाइनको पक्षमा मतदान गरेपछि इजरायल नेपालप्रति रुष्ट बनेको छ । काठमाडौंस्थित इजरायली राजदूत हनान गोडेरले प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्का र परराष्ट्र सचिव भरतराज पौड्याललाई भेटेर आपत्ति प्रकट गरेका हुन् ।

     

    बुधबार न्यूयोर्कमा भएको भोटिङमा नेपालले इजरायलको विरुद्धमा मतदान गरेको थियो । बहुपक्षीय मंचमा नेपाल किन इजरायलविरुद्ध उभिएको भन्दै नेपालप्रति रोष व्यक्त गरेका हुन् ।

    नेपाल र इजरायलबीच द्धिपक्षीय प्रगाढ सम्बन्ध रहेको बताउँदै राजदूत गोडेरले बहुपक्षीय मामिलामा नेपाल तटस्थ नरहेर इजरायलको विरुद्धमा अघि बढेको बताउँद यसले परराष्ट्र नीति र सोचमै असर पर्ने चेतावनी समेत दिए ।

    ‘नेपालले इजरायललाई पहिले लगाएको गुन हामीले बिर्सेका छैनौं तर किन बारम्बार घाउमा नून छर्किने काम मात्र भैरहेको छ’ देउवालाई राजदूतले गरेको गुनासोबारे स्रोतले भन्यो ।

    भारत मतदानमा तटस्थ रहेको बताउँदै राजदूत गोडेर नेपाल किन तटस्थ बस्न नसकेको हो भनेर प्रश्न गरेका थिए । नेपालसँगको मित्रतालाई बलियो तुल्याउन आफूले मिहेनत गरेपनि नेपालले राष्ट्रसंघमा आफूलाई फरक ढंगले प्रस्तुत गरेर आफ्नो ऊर्जा र इजरायलीको मस्तिष्कमा आघात पु¥याउने काम गरेको गोडेरको गुनासो थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.