सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनका दोहोरी साँझहरुमा सेनिटरि प्याड तथा प्राथमिक उपचार सामाग्री अभियान सुरु


  •    न्युजभित्तो/१७ मंसिर २०७८, शुक्रबार १६:२८ 
  • चितवन,१७ मङ्सिर । चितवनका दोहोरी साँझहरुमा सेनिटरि प्याड तथा प्राथमिक उपचार सामाग्री अनिवार्य रुपमा राख्ने अभियान सुरु भएको छ । महिलाका निम्ति महिला मञ्च नेपाल जिल्लास्तरीय पहिचान सञ्जालले अभियान सुरु गरेको हो ।
    महिला मञ्चकि केन्द्रीय उपसंयोजक आयुष्मा केसीले हरेक दोहोरी साँझ तथा गजल साँझहरुमा अनिवार्य रुपमा महिनावारी व्यवस्थापन सामाग्री राख्न सञ्चालकहरुलाई आग्रह गरिएको बताइन् ।

    रात्रीकालिन सांगीतिक क्षेत्रमा कार्यरत महिलाहरु महिनावारीका बेला निकै समस्यामा परेको गुनासो आएपछि अभियानै चलाएका हौं,उनले भनिन्, पहिलो चरणमा हामीलेनै सामाग्री वितरण गरेका छौँ, आगामी दिनमा उहाँहरुलेनै व्यवस्थापन गर्नुहुनेछ ।
    महिला हिंसा विरुद्धको १६ दिने अभियानको अवसर पारेर यो अभियान चलाइएको हो । चितवनमा ७ वटा दोहोरी साँझ र एउटा गजल साँझ सञ्चालनमा छन् । करिव ८० जना महिलाहरु गायन, नृत्य तथा वेटरका रुपमा कार्यरत छन् । जिल्लास्तरीय सञ्जालकि अध्यक्ष गायिका सरिता गुरुङले महिनावारीका बेला सेनेटरी प्याड समेत उपलब्ध नहुदा सास्ती भोग्नुपरेकाले अभियान चलाइएको बताइन् । ूराती लगातार ४ घण्टा गीत गाउदा या नाचिरहका बेला सजिलै सेनिटरी प्याड किन्ने सुविधा पनि हुदैनू, उनले भनिन्, ूपहिल्यै मोज्दात राखेमा तत्कालै समस्या हल गर्न पनि सजिलो हुनेछ ।

    ४ वर्षदेखि दोहोरी साँझमा नृत्य तथा गाउदै आएकी मुना मगरले आकस्मिक महिनावारिहुदा जोखिमयुक्त कपडाहरु प्रयोग गर्नुपर्ने बाध्यता हट्ने बताइन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान चितवनका सचिव जिवि सुनारले महिलामैत्री अभियान प्रशंसा गर्न लायक भएको बताए । गायक शक्ति गोदारले यो अभियानलाई निरन्तरता दिनुपर्ने बताए । प्रतिष्ठान चितवनका निवर्तमान अध्यक्ष आनन्दकुमार रञ्जितले स्वास्थका लागि अतिआवश्यक सामाग्रीहरु निरन्तर राखिने बताए ।

    प्रतिष्ठान चितवनका अध्यक्ष लोकबहादुर रानाभाटले अब देखि हरेक दोहोरो साँझहरुमा अनिवार्य स्वास्थ सामाग्री तथा सेनिटरी प्याड राखिने बताए । महिला अधिकारकर्मी मञ्जु खाँडले सेनिटरी प्याड सरकारले निस्शुल्क रुपमा सार्वजनिक स्थानहरुमा उपलब्ध गराउनुपर्नेमा जोड दिइन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.