सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कांग्रेस प्रदेश अधिवेशन : बाग्मतीमा केसीको मनोनयन दर्ता, देउवा प्यानलबाट बानियाँ र प्रधान आंकाक्षी


  •    न्युजभित्तो/१७ मंसिर २०७८, शुक्रबार १४:३५ 
  • मकवानपुर,१७ मंसिर । नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत बाग्मती प्रदेशमा नयाँ नेतृत्वका लागि शुक्रबार निर्वाचन प्रक्रिया सुरू भएको छ । प्रदेश राजधानी हेटौंडामा सुरू भएको प्रदेश अधिवेशनमा नेतृत्व लिनका लागि मनोनयन दर्ता कार्य अहिले भइरहेको छ । बिहान ८ बजेबाट सुरू भएको मनोनयन दर्ता गर्ने कार्यमा अहिलेसम्म पार्टीको प्रदेश सभापतिका लागि जगदीश्वरनरसिंह केसीले उम्मेदवारी दर्ता गरेका छन् ।

    केसी पार्टीमा रामचन्द्र पौडेल समूहमा छन् । सभापतिमा पार्टी सभापति शेरबहादुर देउवा पक्षबाट इन्द्रबहादुर बानियाँ र भीमसेनदास प्रधानको नाम पनि चर्चामा छ । बानियाले भने शुक्रबारै प्यानल घोषणा गरेका छन् । बिहीबार औपचारिक रूपमा शुभारम्भ भएको प्रदेश अधिवेशनको दोस्रो दिन शुक्रबार निर्वाचन प्रक्रिया जारी रहेको हो ।

    दिउँसाे १ बजेसम्म मनोनयन दर्ता गराउने समयतालिका रहेको प्रदेश निर्वाचन समिति बाग्मती प्रदेशका संयोजक वरिष्ठ अधिवक्ता केशवप्रसाद काफ्लेले जानकारी दिएका छन् । काफ्लेका अनुसार भोलि १८ मंसिर बिहान ९ बजेदेखि मतदान हुनेछ । नयाँ नेतृत्वका लागि प्रदेश प्रतिनिधिको रूपमा १३ जिल्लाबाट चुनिएर आएका करिब दुई हजार १३७ जना प्रतिनिधीले भोट हाल्नेछन् । अधिवेशनले पार्टी प्रदेश सभापति एक जना, उपसभापति दुई जना, महामन्त्री दुई जना, सहमहामन्त्री तीन जनासहित ९१ जनाको प्रदेश कार्यसमिति चयन गरिनेछ । शिव चौलागाईं/न्यूजकारखाना

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.