सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एमालेले निष्कासन गरेका व्यक्ति राखेर संसद चल्न दिन्नौं : ओली


  •    न्युजभित्तो/१७ मंसिर २०७८, शुक्रबार १४:१९ 
  • काठमाडौं,१७ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर २८ गते बोलाइएको संसद अधिवेशन पनि चल्न नदिने संकेत गरेका छन् । शुक्रबार पार्टी कार्यालयमा पदवहाली गर्दै अध्यक्ष ओलीले आफूहरुले वैधानिक ढंगले निष्कासन गरेका सांसदलाई राखेर सभा चल्न नसक्ने जिकिर गरे ।

    ‘(संसद)किन बोलाइएको हो, सरकारी पक्ष कसरी प्रस्तुत हुन्छ त्यसबाट थाहा होला’ उनले भने, ‘हामीले निष्कासन गरेका व्यक्तिहरु संसदमा राखेर संसद कसरी चल्न सक्छ रु नियमले गैर सांसदलाई सभामा बस्न दिँदैन ।’

    अध्यक्ष ओलीले सभामुख अग्निप्रसाद सापकोटाले एमालेविरुद्ध सत्तारुढ गठबन्धनसँग अनुचित सम्बन्ध राखेको बताए । सभामुखले अवैध ढंगले आफ्नो पार्टी फुटाएको पनि उनले बताए । संसदको अघिल्लो अधिवेशन नेकपा एमालेका सांसदले अवरोध गरेको थियो ।

    तत्कालिन नेकपा एमालेमा रहेका माधवकुमार नेपालसहितका सांसदहरुलाई पार्टीले कारबाही गरी संसदलाई जानकारी गराए पनि सभामुखले बेलैमा सुनुवाइ नगरी पद कायम गरिदिएको भनी एमाले सभामुखसँग रुष्ट छ ।

    अध्यक्ष ओलीले व्यवस्थापिका सबैतिर समस्या देखिएको भन्दै यसको समाधान ताजा जनादेशबाट मात्र हुने बताएका छन् । ‘अन्ततोगत्वा निर्वाचनमै जानुपर्छ, ताजा जनादेशमा जानुपर्छ । ताजा जनादेशबाट समस्याको समाधान खोज्नुपर्छ’ उनले भने, ‘हामीलाई विश्वास छ, ताजा जनादेशबाट समस्याको समाधान निस्कन्छ ।’

    अध्यक्ष ओलीले अहिलेको सत्तारुढ गठबन्धन ताजा जनादेशमा जानबाट डराएको बताए । ‘जनतामा जानबाट तर्सिने, अन्यत्रबाट कृत्रिम ढंगले सत्ता प्राप्तीलाई लक्ष्य बनाउनु राजनीति होइन कुराजनीति हो’ उनले भने ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.