सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आधारभूत मानवीय मापदण्ड कार्यान्वयन गर्नुपर्नेमा जोड


  •    न्युजभित्तो/१७ मंसिर २०७८, शुक्रबार १२:४४ 
  • कोहलपुर (बाँके), १७ मङ्सिर । प्राकृतिक विपद्का अवस्थामा प्रतिकार्य तथा राहत उद्धार गर्दा आधारभूत मानवीय मापदण्ड पालन गर्नुपर्नेमा जोड दिइएको छ । एशियाली पूर्वतयारी साझेदारी (एपिपी)को सहयोगमा राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण केन्द्र(एनडिआरसी) द्वारा यहाँ आयोजित मानवीय मापदण्डसम्बन्धी प्रशिक्षण कार्यक्रमका सहभागी वक्ताले मानवीय सेवामा कार्यरत सरकारी, गैरसरकारी र निजी क्षेत्रका निकायको ज्ञान, सीप र क्षमता अभिवृद्धि गर्नु जरुरी भएको बताएका हुन् ।

    प्रशिक्षण शुभारम्भ गर्दै एपिपीका राष्ट्रिय प्रतिनिधि मान थापाले विपद्मा राहत तथा उद्धारका कार्यमा अपनाउनुपर्ने आधारभूत मानवीय पक्षबारे विश्वमा भएका प्रयास र नेपालले थालनी गर्नुपर्ने कामका बारेमा प्रकाश पार्नुभयो । नेपाल प्राकृतिक विपद्को उच्च जोखिममा रहेकाले विपद्मा पर्ने समुदायको आधारभूत मानवीय पक्षलाई आत्मसात् गर्नुपर्ने उहाँको भनाइ थियो ।
    तीन दिनसम्म सञ्चालित प्रशिक्षणमा लुम्बिनी, कर्णाली, मध्यपश्चिम र सुदूरपश्चिम प्रदेशमा विपद् क्षेत्रमा कार्यरत विभिन्न गैरसरकारी संस्थाका ३५ प्रतिनिधिको सहभागिता थियो । प्रशिक्षणका १० सत्रमा विपद्का सैद्धान्तिक र व्यावहारिक ज्ञान, सरकारका विभिन्न निकायबाट जारी निर्देशिका, मापदण्ड र विभिन्न देशमा कार्यान्वयन गरिएका अभ्यासबारे जानकारी दिइएको थियो । विपद् विशेषज्ञ सुनिल शाक्यले आधारभूत मानवीय मापदण्ड एवं स्फेयरका प्रावधानबारे प्रशिक्षण दिनु भएको थियो । एनडिआरसीका कार्यक्रम निर्देशक सुरेश थापा र कार्यक्रम अधिकृत कृष्ण घिमिरेले प्रशिक्षणको संयोजन गर्नुभएको थियो भने राष्ट्रिय समाचार समितिका प्रमुख समाचारदाता कृष्ण अधिकारीले गत असरमा मेलम्चीमा आएको बाढीपछि गरिएका राहत तथा उद्धारमा आधारभूत मानवीय मापदण्डको पालनाबारे जानकारी गराउनुभएको थियोे ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.