सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा एकैसाथ बाघ गणना गरिँदै


  •    न्युजभित्तो/१७ मंसिर २०७८, शुक्रबार १२:३४ 
  • चितवन, १७ मङ्सिर। चितवन, बर्दिया, पर्सा, शुक्लाफाँटा र बाँके राष्ट्रिय निकुञ्ज सहित आसपासका वन क्षेत्रमा बाघको गणना गरिन लागिएको छ । यसका लागिआजदेखि चितवन राष्ट्रिय निकुञ्जमा दुईदिने तालिम सुरु गरिएको छ । यही मङ्सिर १९ देखि सुरुहुने सो गणनाका लागि करिव एकसय जनालाई आवश्यक प्राविधिक ज्ञान दिइने छ ।

    राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले संयोजन गरेको यस तालिममा जेडएसएल, विश्व वन्यजन्तु कोष, राष्ट्रिय प्रकृति संरक्षण कोष, वन विभागलगायतका प्राविधिक विज्ञले तालिम दिनेछन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार चितवन र पर्सामा एकैसाथ बाघ गणना गरिँदै छ ।

    यहाँ ३६० जोडी क्यामेरा जडान गरिने छ । उहाँका अनुसार दुई हप्ता एक ठाउँमा राखेर बाघको तस्बिर लिइने छ । दुई निकुञ्जको एउटा ब्लकमा १६ क्याम्प बनाइएको छ । आधा मिटरका उचाइमा क्यामेरा राखिने छ । कतिपय ठाउँमा रुखमा र नमिलेमा घोचो गाढेर स्वचालित क्यामेरा जडान गरिने छ । क्याप्चर रिक्याप्चड विधिबाट बाघ गणना गरिन्छ । दुई÷दुई ग्रिडअर्थात् चार वर्ग किलोमिटरमा एक जोडी क्यामेरा राखेर गणना गरिन्छ । कम्तीमा दुई हप्ता क्यामेरा राख्नुपर्ने उहाँको भनाइ छ । बाघ वरिपरि आएमा क्यामेराले तस्बिर लिने छ । झण्डै दुई महिनामा फोटो खिच्ने काम सम्पन्न हुने अनुमान गरिएको छ ।

    तस्बिर अध्ययन पछि थप चार महिनाभित्रमा नतिजा आउने प्रमुख संरक्षण अधिकृत आचार्यको भनाइ छ । सन् २००८ देखि यहाँ राष्ट्रियस्तरको बाघ गणना सुरु गरिएको हो । दोस्रो पटक सन् २०१३, तेस्रो पटक सन् २०१८ र अहिले चौथोपटक बाघ गणना गर्न लागिएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गणनाको नेतृत्व गर्दछ । देशभरका पाँच निकुञ्जमा बाघ रहेका छन् । चितवन, बर्दिया, पर्सा, शुक्लाफाँटा र बाँके राष्ट्रिय निकुञ्ज र आसपासका वन क्षेत्रमा बाघको गणना गरिन लागेको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत आचार्यका अनुसार हिउँदका समयमा बाघ बाटोमा आउने हुँदा यो समय गणनाका लागि उपयूक्त मानिन्छ ।

    झाडी सुक्दै गएपछि बाघ घाँसे मैदानमा बस्ने हुँदा गणना कठिन हुने भएकाले यो मौसम छानिएको हो । चितवन र पर्सालाई एउटा कम्प्लेक्स, बाँके र बर्दियालाई दोस्रो कम्प्लेक्स र शुक्ला र नजिकैको लालझाडी क्षेत्रलाई तेस्रो कम्प्लेक्स बनाएर बाघको गणना गर्न लागिएको हो । सन् २०१८ मा गरिएको बाघ गणनामा नेपालमा २३५ वयस्क बाघ फेला परेका थिए । त्यति बेला चितवनमा ९३, बर्दियामा ८७, पर्सामा १८, शुक्लामा १६ र बाँकेमा २१ बाघ फेला परेका थिए । यो सङ्ख्या बढेको अनुमान छ ।

    सन् २०१० मा रसियाको सेन्ट पिटर्सवग भएको बाघ पाइने १३ मुलुकका राष्ट्र प्रमुखको बाघ सम्मेलनमा नेपालले सन् २०२२ सम्ममा बाघको सङ्ख्या २५० पु¥याउने प्रतिबद्धता व्यक्त गरेको थियो । तत्कालीन समयमा नेपालका निकुञ्जमा १२१ वटा बाघ रहेको तथ्याङ्क थियो । दोब्बरभन्दा बढी सङ्ख्या बनाउने नेपालको प्रतिबद्धता पूरा हुनेमा संरक्षण विधि विश्वस्त रहेका छन् । नेपालमा हरेका चार÷पाँच वर्षको अन्तरमा बाघ गणना गर्ने गरिन्छ ।

    देशैभरको बाघ गणनाको औपचारिक शुभारम्भ यहाँबाट गर्न लागिएको छ । वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवसहितका उच्च अधिकारीको उपस्थितिमा यही आइतबार गणनाको शुभारम्भ सौराहामा गरिने छ । सो अवसरमा वन सचिव डा पे्रमनारायण कँडेल, निकुञ्ज विभागका महानिर्देशक डा रामचन्द्र कँडेल, वन मन्त्रालयअन्तर्गत विभिन्न विभागका महानिर्देशक, बागमती प्रदेशका वन सचिव, मन्त्रालयका महाशाखा प्रमुख, साझेदार संस्थाका अधिकारीका उपस्थितिमा कार्यक्रम हुनेछ । (रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    निर्वाचन प्रणालीलाई थप व्यवस्थित बनाउन एकीकृत कानुन आवश्यकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
    ‘बुद्धका सन्देश नै दिगो शान्ति र समृद्धिका आधार’
    आज पनि घट्यो नेप्से परिसूचक
    • तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश
    • मधेसको खानेपानी सङ्कट समाधानमा संसदीय समितिको जोड
    • अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालयमा यसरी हुँदैछन् विद्यार्थी भर्ना
    • अटो चलाएर आत्मनिर्भर बन्दै महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.