सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एमालेले चितवनले ग-यो सौराहा सरसफाई (फोटो फिचर)


  •    न्युजभित्तो/१६ मंसिर २०७८, बिहीबार १७:४३ 
  • चितवन, मंसिर १६ । नेकपा (एमाले्) को १० औंँ महाधिवेशनको बन्द सत्र भएको सौराहा क्षेत्रको नेकपा एमाले चितवनले सरसफाई गरेको छ । जिल्ला अध्यक्ष पार्वती रावलको नेतृत्वको टोलीले कार्यक्रम अवधिभर भएका फोहोर संकलन गरेर व्यवस्थापन गरेको हो ।

    मंसिर १० गते नारायणगढको नारायणी नदी किनारमा उद्घाटन भएको महाधिवेशनको बन्द सत्र सौराहामा भएको थियो । हिजो मंसिर १५ गतेसम्म कतिपय नेता तथा कार्यकर्ताहरु सौराहामा नै रहनु भएको थियो । कार्यक्रम सम्पन्न गरेर सबै पार्टी नेता तथा कार्यकर्ताहरु फर्किएपछि सरसफाई अभियान सञ्चालन गरिएको अध्यक्ष रावलले बताउनुभयो ।

    सरसफाई कार्यक्रममा स्थानीय नेता कार्यकर्ता र व्यवसायीको सहभागिता रहेको थियो । महाधिवेशन स्थलको सरसफाइ आफैँले गर्नुपर्छ भन्ने सामाजिक उत्तरदायित्वको भावनाले सरसफाइ गरिएको अध्यक्ष रावलले बताउनुभयो । नवनिर्वाचित केन्द्रीय सदस्य समेत रहनु भएकी रावलले उद्घाटन सत्र भएको नारायणी किनार, सवारी पार्किङ गरिएका भरतपुर बसपार्क, आँपटारी, टिकौली चौर लगायतका ठाउँहरुमा यस अघि नै सरसफाई गरिएको जानकारी दिनुभयो ।

    आज भएको कार्यक्रममा केन्द्रीय सदस्य कपिल पोखरेल, रत्ननगर नगरपालिकाका उपप्रमुख बिमला दुवाडी, स्थानीय उद्योगी राजाराम रेग्मी, युवा संघका नेताहरु प्रताप डल्लाकोटीलगायत सौराहाका एमाले नेता तथा कार्यकर्ताहरु सहभागी हुनुहुन्थ्यो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    निर्वाचन प्रणालीलाई थप व्यवस्थित बनाउन एकीकृत कानुन आवश्यकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
    ‘बुद्धका सन्देश नै दिगो शान्ति र समृद्धिका आधार’
    आज पनि घट्यो नेप्से परिसूचक
    • तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश
    • मधेसको खानेपानी सङ्कट समाधानमा संसदीय समितिको जोड
    • अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालयमा यसरी हुँदैछन् विद्यार्थी भर्ना
    • अटो चलाएर आत्मनिर्भर बन्दै महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.