सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एमाले चितवनले व्यक्त ग-यो धन्यवाद तथा आभार


  •    न्युजभित्तो/१६ मंसिर २०७८, बिहीबार १७:२५ 
  • चितवन, १६ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) चितवले महाधिवेशन आयोजना गर्ने अवसर दिनुभएकोमा अध्यक्ष केपी शर्मा ओली र तत्कालिन केन्द्रीय कमिटीप्रति आभार व्यक्त गरेको छ । जिल्ला अध्यक्ष पार्वती रावलले आज एक प्रेस विज्ञप्ति जारी गर्दै महाधिवेशन सफल बनाउन भूमिका खेल्नुहुने सबैप्रति धन्वाद ज्ञापन गर्नुभएको हो ।

    विज्ञप्तिको पूर्ण विवरण :

    समकालीन नेपालको सबैभन्दा ठूलो पार्टी नेकपा (एमाले)को दशौँ राष्ट्रिय महााधिवेशन भव्यताका साथ सम्पन्न भएको छ । चितवन जिल्लामा यो महाधिवेशन आयोजना गर्ने अवसर दिनुहुने श्रद्धेय पार्टी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री क.केपी शर्मा ओली र तत्कालीन केन्द्रीय कमिटीप्रति आभार व्यक्त गर्दछु ।

    पार्टीका शीर्ष नेतृत्व, ९० भन्दा बढी भौगोलिक र गैरभौगोलिक जिल्ला र प्रवाशबाट पाल्नुभएका प्रतिनिधि पर्यवेक्षकहरु र उपस्थित सम्पूर्ण जनसमुदायप्रति अतिथिको रुपमा स्वागत गर्न पाउँदा नेकपा (एमाले) चितवनका सम्पूर्ण कमिटी, पार्टी सदस्यहरु र आमचितवनवासी गौरवान्वित भएका छौँ । उद्घाटन सत्रमा उर्र्लिएको त्यो जनसागर नेपालको राजनीतिक इतिहासमा अत्यन्तै ठूलो ऐतिहासिक दिनको रुपमा रहने छ ।

    चितवनका ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थानहरु देशव्यापी रुपमा परिचित भएका छन् । पर्यटकीय स्थल सौराहा स्वदेशमा मात्रै होइन विदेशमा समेत प्रख्यात स्थलको रुपमा परिचय प्राप्त गर्न सफल भएको छ । सौराहा र जिल्लाका अन्य पर्यटकीय स्थललाई अझ व्यवस्थित, सुविधासम्पन्न र पर्यटकमैत्री बनाउन सरकार र सरोकारवालाहरुसँग अपिल गर्न चाहन्छु ।

    यस कार्यक्रममा पाल्नुभएका नेतागण, प्रतिनिधि, स्वयम्सेवकहरु, सरकारी कार्यालय, होटल व्यवसायी संघसंस्थाहरु स्वास्थ्यकर्मी, सांस्कृतिकर्मी, सुरक्षाकर्मीहरु सञ्चारकर्मी पत्रकार साथीहरु, यातायात व्यवसायीहरु र अन्य सहयोकर्ताहरुप्रति हार्दिक धन्यवाद एवम् आभार व्यक्त गर्दछु ।

    त्यसैगरी चितवनवासी आमजनसमुदायले जसरी चासो राख्नुभयो, उपस्थित हुनुभयो, र अतिथिहरुलाई न्यानो स्वागत र सहयोग प्रदान गर्नुभयो, आमचितवनवासीप्रति हामी हार्दिकतापूर्वक नमन गर्न चाहन्छौँ र आगामी दिनहरुमा पनि यस्तै उत्साहपूर्ण सहयोगको अपेक्षा राख्दछौँ ।

    महाधिवेशनले नेकपा (एमाले) किसान, मजदुर, दलित, महिला, युवा, ज्येष्ठ नागरिकका साथै मेहनतकस जनताको पार्टी हो, यही पार्टीले नेपाललाई समृद्ध बनाउन सक्छ भन्ने कुरा थप पुष्टि र यो पार्टीले मात्र राष्ट्रियताको जगेर्ना र देशको समस्या समाधान गर्न सक्छ भन्ने प्रमाणित भएको छ । अबको हाम्रो ध्यान क्रमशः हुँदै जाने निर्वाचनमा केन्द्रित गरी नेकपा (एमाले)को बहुमतको सरकार निर्माणतर्फ जान जरुरी छ ।

    कार्यक्रमका सन्दर्भमा प्रयोग हुने सामग्रीहरुलाई व्यवस्थापन गर्ने आयोजककै दायित्व भएकोले महाधिवेशन सम्पन्न गर्न नारायणी नदीकिनारमा निर्माण भएको मञ्च, जिल्लाका विभिन्न स्थानमा निर्माण भएका स्वागतद्वार, प्रचारप्रसारका लागि टाँगिएका तुल, व्यानर एवम् ध्वजापताकालगायतका प्रचार सामग्रीहरु एक हप्ताभित्र हटाई सहयोग गर्नुहुन नेकपा (एमाले)का जिल्ला माहतका सम्पूर्ण कमिटीहरुलाई अनुरोध गरिन्छ ।

    अन्त्यमा, हामी नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशन नेपालको मध्यभागमा रहेको जिल्ला चितवनमा सम्पन्न गर्ने सबैलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छौँ ।

    पार्वती रावल
    अध्यक्ष
    नेकपा (एमाले) चितवन

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    निर्वाचन प्रणालीलाई थप व्यवस्थित बनाउन एकीकृत कानुन आवश्यकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
    ‘बुद्धका सन्देश नै दिगो शान्ति र समृद्धिका आधार’
    आज पनि घट्यो नेप्से परिसूचक
    • तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश
    • मधेसको खानेपानी सङ्कट समाधानमा संसदीय समितिको जोड
    • अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालयमा यसरी हुँदैछन् विद्यार्थी भर्ना
    • अटो चलाएर आत्मनिर्भर बन्दै महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.