सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

देशमा नेताहरु नै बिग्रिए, माओवादीमा आएकाहरु फेरि एमालेमा फर्किएः प्रचण्ड


  •    न्युजभित्तो/१६ मंसिर २०७८, बिहीबार १६:४८ 
  • काठमाडौँ, १६ मंसिर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा नेताहरु नै बिग्रिएको धारणा राखेका छन् । उनले जनता र कार्यकर्ताहरु नबिग्रिए पनि नेताहरु बिग्रिएको टिप्पणी गरेका हुन्।

    पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार विभिन्न पार्टीमा रहेका कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराउँदै अध्यक्ष दाहालले भने, ‘देशमा नेताहरु नै बिग्रिएका छन् । नेताहरु सच्चिन्छौँ भनेपछि सबै कुरा लयमा आएको छ ।’

    उनले परिवर्तनसहितको समाजवादको यात्रा सुरु गर्न देशमा माओवादीको विकल्प नरहेकोसमेत बताए । माओवादी कमजोर हुँदा संविधान च्यात्ने, गणतन्त्र नै उल्ट्याउने प्रयास भएको भन्दै प्रचण्डले माओवादी बलियो भएमात्र देशमा भएका परिवर्तन बच्ने बताए ।

    बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन उद्घाटनमा नेकपा मालेका महासचिव सीपी मैनालीले राजा महेन्द्रको प्रशंसा गरेकोप्रति लक्षित गर्दै प्रचण्डले नाम कम्युनिस्ट भए पनि काम सामन्तीको भएको बताए । उनले नेपालमा परिवर्तनको रक्षाको लागिमात्रै नभई राष्ट्र, राष्ट्रिय एकता, उत्पीडित वर्ग र समुदायको हक, अधिकारलाई पूर्णता दिनको लागि माओवादीलाई बलियो बनाउनुको विकल्प नरहेको दाबी गरे ।

    ‘परिवर्तनको रक्षा गर्न र परिवर्तनलाई अझ पूर्णता दिन, जनताको हक अधिकारलाई एउटा पूर्णतामा पु¥याउन, समाजवादको यात्रा सुरु गर्नको निम्ति पनि माओवादी केन्द्र बलियो बनाउनुको विकल्प छैन ’, प्रचण्डले भने, ‘हिजो गणतन्त्रका विरुद्ध जो लागे ती अहिले पनि गणतन्त्रविरोधी नै छन् । जो संघीयताको विरुद्ध लागे त्यो अहिले पनि संघीयताका विरुद्धै छन् । महिलालाई धेरै अधिकार दिनुहुन्न भन्नेहरु अहिले पनि त्यहीँ छन् । दलितहरुलाई धेरै अधिकार दिनुहुन्न भन्नेहरु अहिले पनि त्यहीँ छन् । यो सबै चिज माओवादी आन्दोलनकै परिणाम भएको हुनाले माओवादी बलियो हुँदा यी सबै परिवर्तन र उपलब्धिहरु बच्छन्। तिनको रक्षा पनि हुन्छ र थप उपलब्धिको निम्ति अघि जान सकिन्छ ।’

    अध्यक्ष दाहालले नेकपा एमालेमा रहेका केही मधेस केन्द्रित नेताहरुलाई कुकुरको पुच्छरसँग तुलना गरे । उनले नेकपा एमालेमा रहेका नेता सच्चिन्छु भनेर माओवादीमा आए पनि पछि एमालेमै फर्किएको बताए । उनले मधेसमा माओवादीले संघीयता छोड्यो भनेर भ्रम फैलाइएको बताए । ‘मैले संविधान संशोधन प्रस्ताव राख्दा एमाले नामको केपी गुटले नमानेको हुनाले त्यो प्रस्ताव पारित नभएको हो’, प्रचण्डले भने, ‘तपाइँलाई थाहा छ, एमालेको केपी गुट जनजातिको विरोधी छ । दलित, महिला, मुस्लिमहरुको हक, अधिकार र पहिचानको विरोधी छ । उनैको कारणले संविधान संशोधन नै भएन ।’

    अध्यक्ष दाहालले माओवादी केन्द्रका सदस्य संख्या १० लाख पुग्ने दाबीसमेत गरे। उनले माओवादी केन्द्रलाई जनताले आफ्नो लागि काम गर्ने पार्टीका रुपमा हेरेको र पार्टीप्रति जनताको आत्मविश्वास बढ्दै गएको बताए । प्रचण्डले जुनसुकै मूल्य चुकाएर भए पनि राष्ट्र, जनता र उनीहरुको मुक्ति आन्दोलनलाई निष्कर्षमा पु¥याउने कुरा जनतासमक्ष प्रस्तुत गर्न नेता, कार्यकर्ताहरुलाई निर्देशन दिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    निर्वाचन प्रणालीलाई थप व्यवस्थित बनाउन एकीकृत कानुन आवश्यकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
    ‘बुद्धका सन्देश नै दिगो शान्ति र समृद्धिका आधार’
    आज पनि घट्यो नेप्से परिसूचक
    • तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश
    • मधेसको खानेपानी सङ्कट समाधानमा संसदीय समितिको जोड
    • अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालयमा यसरी हुँदैछन् विद्यार्थी भर्ना
    • अटो चलाएर आत्मनिर्भर बन्दै महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.