सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राष्ट्रपति भण्डारीद्वारा नेपाली मौलिक संस्कृतिको संरक्षणमा जोड


  •    न्युजभित्तो/१६ मंसिर २०७८, बिहीबार १५:४९ 
  • लुम्बिनी, १६ मङ्सिर । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल प्राचीन सभ्यतायुक्त मुलुक भएकाले नेपाली मौलिक संस्कृति र सुन्दर प्रकृतिको संरक्षणमा जोड दिनुभएको छ ।

    राष्ट्रपति भण्डारीले आज कपिलवस्तुको बाणगङ्गा नगरपालिका–२ नन्दनगरमा निर्माणाधीन कैलाश आश्रम धाममा आयोजित महायज्ञमा नेपालको संस्कृति र सभ्यताको विकास, संरक्षण र सम्वद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो ।

    उहाँले यस खालका धार्मिक संस्था र धार्मिक कार्यक्रमले नेपालको प्रकृति, संस्कृति र सभ्यताको प्रवद्र्धनमा सहयोग पुग्ने बताउनुभयो ।

    नेपालमा पनि कोरोना भाइरसले जनस्वास्थ्यमा पारेको प्रभावको प्रसङ्ग स्मरण गर्दै राज्यको पहिलो धर्म जनताको स्वास्थ्यको संरक्षण भएकाले कोरोना भाइरसबाट नेपाली नागरिकलाई बचाउन विशेष पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

    राष्ट्रपति भण्डारीले कोरोना महामारीबाट विश्व नै आक्रान्त रहेको अवस्थामा पनि जनजीवनलाई सहज बनाउने प्रयास भएको भन्दै कोरोना भाइरसबाट बच्न सरकारले निर्धारण गरेका स्वास्थ्यसम्बन्धी मापदण्डको पालना गर्न आग्रह गर्नुभयो ।

    राष्ट्रपति भण्डारीले चुरे क्षेत्र नेपालको जीवनरेखा भएको बताउँदै चुरेको संरक्षणमा नजिकैका बासिन्दालाई आफ्नोतर्फबाट सक्दो सहयोग गर्न आह्वान पनि गर्नुभयो ।

    उहाँले विकासको गतिलाई अवरुद्ध हुन नदिन तथा प्रकृतिलाई बिगारेर होइन, प्रकृतिलाई सिँगारेर विकास गर्न आग्रह गर्नुभयो ।

    यसअघि राष्ट्रपति भण्डारीले कैलाश आश्रम धाममा निर्माण गरिएका दुई वटा प्रवेशद्वार र अष्टचिरञ्जीबी महाकुण्डको अनावरण गर्नुभएको थियो । कार्यक्रममा पूर्वमन्त्री तथा नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले कैलाश आश्रम धामको विकासमा आफूले सक्दो पहल गर्ने बताउनुभयो ।

    आश्रमका प्रमुख संरक्षक लोकानन्द स्वामीले यस क्षेत्रको विकास गर्न र धार्मिक पर्यटनको प्रवद्र्धन गर्न महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.