सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

महाधिवेशन प्रतिनिधि विवादले राप्रपाको निर्वाचन कार्यक्रम अनिश्चित


  •    न्युजभित्तो/१६ मंसिर २०७८, बिहीबार १५:२० 
  • काठमाडौं,१६ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेनशमा भाग लिने आएका महाधिवेशन प्रतिनिधि विवादले निर्वाचन कार्यक्रम अनिश्चित भएको छ । प्रतिनिधिको संख्यामा दुई दिनदेखिको विवादले निचोड ननिस्किदा नयाँ नेतृत्व चयन प्रक्रिया लम्बिने देखिन्छ ।

    पार्टी अध्यक्ष कमल थापा र राजेन्द्र लिङ्देन समूहबीच महाधिवेशन प्रतिनिधिको विषयमा विवाद भएको हो । पार्टीको हिजो बुधबारदेखि शुरु भएको एकता महाधिवेशनका दौरान विवाद भएको हो । विवादका कारण निर्वाचन समितिले निर्वाचन प्रक्रिया अघि बढ्न सकेको छैन ।

    अध्यक्ष कमल थापाले एकलौटी रूपमा जिल्लाबाट आएको मतदाता नामावाली हेरफेर गरेको आरोप लिङ्देन पक्षले लगाएको छ । भक्तपुर, सर्लाही, काठमाडौं, पर्वत लगायत जिल्लाबाट आएको सूचीका विषयमा विवाद भएको हो ।

    तर थापा पक्षधर भने डा। प्रकाशचन्द्र लोहनी र प्रदेश नम्बर(२ का नेता रामचन्द्र रायका कारण प्रतिनिधि सहभागितामा लफडा भएको तर्क गरेका छन् । यद्यपि राप्रपाका नेता राजाराम श्रेष्ठ भने विवाद चाडैं समाधान हुने भएकाले आजै निर्वाचन प्रक्रिया शुरु हुन सक्ने सम्भावना रहेको बताएका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.