सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गोला प्रथाको पहिलो दिन नै सर्वोच्चमा सुनुवाइ प्रभावित


  •    न्युजभित्तो/१५ मंसिर २०७८, बुधबार १४:१६ 
  • काठमाडौं,१५ मङ्सिर । गोला प्रथाबाट पेशी तोकेको पहिलो दिन नै सर्वोच्च अदालतमा मुद्दाको सुनुवाइ प्रभावित भएको छ । कानुन व्यवसायीले प्रधानन्यायाधीशको विषयमा अन्योल भएको भन्दै प्रश्न उठाएपछि बुधबारको इजलासमा सुनुवाइ प्रभावित भएको हो ।

    प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा कोरोना संक्रमण भएपछि सोमबारदेखि बलम्बुस्थित सशस्त्र प्रहरी बलको अस्पतालमा उपचाररत छन् । कानुन व्यवसायीले प्रधानन्यायाधीशले काम गर्न नसकेको अवस्थामा कायम मुकाय प्रधानन्यायाधीशको जिम्मेवारी दिनुपर्ने संवैधानिक व्यवस्था रहेको भन्दै आज प्रधानन्यायाधीश को हो भन्ने प्रश्न उठाएका छन् । उनीहरुले यो विषय निराकरण नगरी मुद्दाको सुनुवाइ गर्न उचित नहुने बताएपछि सुनुवाइ प्रभावित भएको हो ।

    नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीशको विषयमा अन्योलता भएकाले निराकरण हुनुपर्‍यो भन्ने माग गरेको बताए ।

    संविधानको धारा १२९ को (६) मा प्रधानन्यायाधीश कुनै कारणले आफ्नो पदको काम गर्न असमर्थ भएमा वा प्रधानन्यायाधीश सर्वोच्च अदालतमा उपस्थित नहुने अवस्था भएमा सर्वोच्च अदालतको वष्रिष्ठतम न्यायाधीशले कायम मुकायम प्रधानन्यायाधीश भई काम गर्ने व्यवस्था छ । तर स्रोतका अनुसार प्रधानन्यायाधीश जबरा आफू कोरोना संक्रमण भई अस्पतालमा उपचाररत रहेको विषयमा सर्वोच्च अदालतमा आधिकारिक जानकारी गराएका छैनन् ।

    न्यायाधीशहरुले गोलाप्रथाबाट इजलास गठन गरेर मुद्दा सुनुवाइ गर्न थालेपछि नेपाल बारका अध्यक्ष श्रेष्ठ र सर्वोच्च अदालत बार एशोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले इजलासमा प्रवेश गरी प्रधानन्यायाधीशको अन्योलताको विषयमा प्रश्न उठाएका थिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.