सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मूल्यवृद्धि नै रासायनिक मलको प्रमुख सङ्कट बन्योे : मन्त्री यादव


  •    न्युजभित्तो/१५ मंसिर २०७८, बुधबार १३:५३ 
  • ललितपुर, १५ मङ्सिर । कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्रराय यादवले अन्तराष्ट्रियजगत्मा बढ्दै गएको मूल्यवृद्धि नै रासायनिक मलको प्रमुख सङ्कट भइरहेको बताउनुभएको छ ।

    नेपाल कृषि पत्रकार महासङ्घले आज आयोजना गरेको ‘रासायनिक मलको सङ्कट र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले मुलुकमा खरिद ऐन पुरानै रहँदा सोले पनि असर गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “कृषि क्षेत्रलाई समृद्ध नबनाएसम्म नेपाली जनतामा समृद्धि हासिल हुँदैन, मुलुकमा रासायनिक मलको अभाव हुन नदिन मल कारखाना स्थापना गर्न प्रयास गरिरहेका छाँै ।”

    सातै प्रदेशमा मलखादको गोदाम निर्माण गरी बन्दरगाह अनि सीमा क्षेत्रलगायत सडक आदिलाई व्यवस्थित गरेमा सो समस्या चाँडै समाधान हुने उहाँको बुझाइ छ । सरकारले मल खरिदमा आवश्यक बजेट व्यवस्थापन गर्न नसकेका कारण प्रत्येक वर्ष किसानले मलको अभाव भोगिरहनु परेको मन्त्री यादवले सुनाउनुभयो ।

    सो मन्त्रालयका सचिव डा गोविन्दप्रसाद शर्माले अन्तर्राष्ट्रिय स्तरमा मल बनाउने इन्धनको मूल्यवृद्धि भइरहेको जनाउँदै त्यसैले पर्याप्त मात्रामा नेपाल भित्रिन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “यदि केरुङ नाकामा गोदाम निर्माण भइदिएको भए मल ल्याउन अलि सहज हुने थियो ।”

    मन्त्रालयका सहसचिव राजेन्द्रप्रसाद मिश्रले मल वितरण अभियान चुस्त बनाउन आफूहरु खरिद ऐन सहज बनाउन लागिपरेको जनाउँदै किसान सूचीकरण अभियान जरुरी रहेको आँैल्याउनुभयो ।

    राष्ट्रिय कृषक समूहका महासङ्घका सचिव रामहरि शर्माले हिउँदका साथै बर्खे खेतीलाई हरेक वर्ष कति मल आवश्यक पर्छ, त्यसको लेखाजोखा हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “रासायनिक मल प्रयोग गर्ने किसानको सङ्ख्या बढ्दै जाँदा हाल यसमा परनिर्भर भएर कृषि पेसा खस्कँदो अवस्थामा पुगेको छ ।”

    साल्ट टे«डिङ कर्पाेरेसन लिमिटेडका विभागीय प्रमुख पङ्कज जोशीले रासायनिक मलको विकल्प खोज्दा सधँैका लागि समस्यालाई लिनुनपर्ने बताउनुभयो । चीन–नेपालका जानकार दिनेश खनालले किसानले सुलभ रुपमा मल पाए कृषि पेसा थप आकर्षित हुने धारणा राख्नुभयो ।

    कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्धक सञ्चालक नेत्रबहादुर भण्डारीले मल आयात गर्ने विषयमा सम्बन्धित निकायसँग धेरै छफलफ भए पनि समस्या भने समाधान हुनै नसकेको गुनासो गर्नुभयो ।

    मुक्तिनाथ कृषि कम्पनीका मल आयातकर्ता भरतराज ढकालले कम्तीमा पनि एक वर्षका लागि रासायनिक मल भण्डारण गर्ने स्थानको व्यवस्थापन भए बाली लगाउने समयमा समस्या नहुने धारणा राख्नुभयो ।

    कृषि पत्रकार महासङ्घका अध्यक्ष बैकुण्ठ भण्डारीले कृषि पेसा अघि बढाउन रासायनिक मल पर्याप्त मात्रामा नभित्रिएका कारण सोमा आत्मनिर्भर हुन नसकिरहेको दुःखेसो गर्नुभयो । महासङ्घका उपाध्यक्ष सुमन पन्तले मुलुकका किसानलाई वर्गीकरण गरी त्यसै अनुरुप मलको व्यवस्था हुनुपर्ने आँैल्याउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.