सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कांग्रेस प्रदेश अधिवेशन : ३२२ प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न


  •    न्युजभित्तो/१५ मंसिर २०७८, बुधबार १०:५२ 
  • काठमाडौँ, १५ मङ्सिर । नेपाली कांग्रेसको ३२२ प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको छ । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत मङ्सिर १७ र १८ गते हुन लागेको प्रदेश अधिवेशनका लागि देशभरका ३२२ प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको हो ।

    कांग्रेस निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले सर्लाहीका आठ प्रदेशसभा निर्वाचन क्षेत्रबाहेक सबै प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको राससलाई जानकारी दिनुभयो । “सर्लाहीको चार निर्वाचन क्षेत्रको आठ प्रदेशसभा अधिवेशन आजै सम्पन्न गर्ने गरी निर्वाचन समितिले काम गरिरहेको छ”, उहाँले भन्नुभयो । देशभर १६५ निर्वाचन क्षेत्रको ३३० प्रदेशसभा निर्वाचन क्षेत्र रहेको छ ।

    कांग्रेस क्रियाशील सदस्यको विवादका कारण सर्लाही र रसुवाको वडा अधिवेशन ढिला गरी सुरु भएको थियो । कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत ६० भन्दा बढी जिल्लाको जिल्ला अधिवेशन सम्पन्न भइसकेको छ । कांग्रेसको आगामी मङ्सिर १७ र १८ गते एकैसाथ सातै प्रदेशमा प्रदेश अधिवेशन हुँदैछ । कांग्रेसको केन्द्रीय महाधिवेशन मङ्सिर २४ गतेदेखि काठमाडौँमा हुँदैछ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    • पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.