सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एमाले केन्द्रीय कमिटीमा १७५ जना निर्विरोध, कुन पदमा को निर्विरोध (नामावलीसहित)


  •    न्युजभित्तो/१४ मंसिर २०७८, मंगलवार २०:०४ 
  • सौराहा, १४ मंसिर । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिबेशनमा १७५ जना निर्विरोध निर्वाचित हुनु भएको छ । केन्द्रीय अनुशासन आयोगमा २५ जना र केन्द्रीय लेखा आयोगमा २५ जना समेत निर्विरोध निर्वाचित हुनु भएको हो ।

    एमालेको केन्द्रीय समिति ३०१ सदस्य रहेको छ । जसमा बरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शंकर पोखरेल र उपमहासचिवमा पृथ्वीसुब्बा गुरुङ, प्रदिप ज्ञवाली र विष्णुप्रसाद रिमाल निर्विरोध निर्वाचित हुनु भएको हो ।

    यसैगरी प्रदेश २ मा खुल्लातर्फ अरविन्दकुमार सिंह, उपेन्द्र साह, प्रभु साह, राजकुमार लेखी, लिलानाथ श्रेष्ठ र सुमन प्याकुरेल निर्विरोध निर्वाचित हुनु भएको छ । प्रदेश २ को महिलातर्फ कल्पनाकुमारी कटुवाल र रन्जना सरकार निर्विरोध निर्वाचित हुनु भएको नेकपा एमालेको निर्वाचन आयोगका अध्यक्ष डा.विजय सुब्बाले जानकारी दिनुभयो ।

    बागमती प्रदेशको खुल्ला सदस्यमा आनन्दप्रसाद पोखरेल, कृष्णबहादुर राई, कैलाशप्रसाद ढुंगेल, खेमप्रसाद लोहनी, रामेश्वर रानामगर र सरेश नेपाल निर्विरोध निर्वाचित हुनु भएको हो । महिलातर्फ पार्वती रावल, पेम्बा लामा र रचना खड्का निर्विरोध निर्वाचित हुनु भएको छ ।

    निर्वाचन आयोगले न्यूजभित्तोलाई दिएको जानकारी अनुसार गण्डकी प्रदेशको खुल्ला सदस्यमा ईन्द्रलाल सापकोटा, जगत विश्वकर्मा, टुकराज सिग्देल, तिलबहादुर महत क्षेत्री, भुपेन्द्रबहादुर थापा र मायानाथ अधिकारी निर्विरोध हुनु भएको हो । गण्डकी प्रदेशको महिलातर्फ नरदेवी पुन मगर, मिनाकुमारी गुरुङ र सीमाकुमारी क्षेत्री निर्विरोध निर्वाचित हुनु भएको छ ।

    लुम्बिनी प्रदेशको खुल्ला सदस्यमा खेममान खड्का, दिनेश पन्थी, नविन रोक्का मगर, भूमिश्वर ढकाल, लिलागिरी र हरि रिजाल निर्वाचित हुनु भएको छ भने महिलातर्फ मेनका पोखरेल, सरिता खनाल र साविता अर्याल निर्विरोध निर्वाचित हुनु भएको छ ।

    कर्णाली प्रदेशको खुल्लातर्फ गुलाबजंग शाह, डम्बरबहादुर सिंह, धर्मराज रेग्मी, नगिन्द्र शाही, निरज आचार्य र विष्णु रिमाल एवं महिलातर्फ तीर्था गौतम, मिना सिंह रखाल र मनमाया ढकाल निर्विरोध निर्वाचित हुनु भएको हो ।

    सुदुरपश्चिमको खुल्ला सदस्यमा राजेन्द्र सिंह रावल, अफिलाल ओखेडा, झपडबहादुर बोहोरा, नारदमणि राना, भैरवबहादुर सिंह र लिलाधर भट्ट निर्विरोध निर्वाचित हुनु भएको छ ।

    उपत्यका विशेष खुल्ला सदस्यमा माधव ढुंगेल, महिलामा बिनाकुमारी श्रेष्ठ, सम्पर्क समन्वय सदस्य खुल्लातर्फ नरेन्द्रकुमार श्रेष्ठ र महिलामा कल्पना थापा निर्विरोध निर्वाचित हुनु भएको छ ।

    यस्तै आदिवासी जनजाती सदस्यमा खुल्लातर्फ आईन्द्र सुन्दर नेम्वाङ, कमलजंग राई, केशव स्थापित, खगेन्द्र राई, गोकुलप्रसाद घर्तीमगर, जमिन्द्रमान घले, टेकबहादुर बलम्पाकी, डम्बरसिं सम्बाहाम्फे, डा. अजयक्रान्ति शाक्य, दलबहादुर राना, दावा तामाङ, पासाङ शेर्पा, लिलबहादुर थापामगर, विद्यासुन्दर शाक्य, सिपि घर्ती, हरिबहादुर राजबंशी र हरिबहादुर राई निर्विरोध निर्वाचित हुनु भएको छ ।

    आदिवासी जनजाती महिलातर्फ अमृता सुब्बा, ईश्वरी घर्ती, उर्मिला थेवे, जुनेलिमाया श्रेष्ठ, टसी स्याङबो गुरुङसेनी, तारादेवी राई, सावित्रा राना र सूर्यकुमारी श्रेष्ठ निर्विरोध निर्वाचित हुनु भएको छ ।

    निर्वाचन आयोगले न्यूजभित्तोलाई दिएको जानकारी अनुसार मधेशी सदस्य खुल्लातर्फ कुन्दनप्रसाद कुसवाहा, गंगाप्रसाद यादव, मोतिलाल दुगड, जगदिशप्रसाद कुसियैत, पशुपति दयाल शर्मा, प्रभु हजारा, प्रमोदनारायण यादव, राजकुमारप्रसाद गुप्ता, रामचन्द्र मण्डल, रामलाल साह, सरोजकुमार यादव, सुसिल कुमार श्रीवास्तव र हरिनारायण महतो निर्विरोध निर्वाचित हुनु भएको छ ।

    मधेशी महिलातर्फ कमलादेवी महतो, जुलीकुमारी महतो, ज्वालाकुमारी साह, रितादेवी साह, सिला यादव र सरिताकुमारी गिरी निर्विरोध निर्वाचित हुनु भएको छ ।

    दलित सदस्यमा महिलातर्फ विष्णुमाया विक, रामरतिदेवी राम, शिवकुमारी गोतमे र सविता रसाईली निर्विरोध निर्वाचित हुनु भएको छ । थारु महिला सदस्यमा गंगा चौधरी र मन्जुकुमारी चौधरी निर्विरोध निर्वाचित हुनु भएको छ ।

    मुस्लिम खुल्दला सदस्यतर्फ तैयव हुसेन मिया, महम्मद समिर, महम्मद हारुन हलुवाई, सिराज अहमद फारुकी निर्वाचित हुनु भएको छ । मुस्लिम महिलातफर्ए साजिदा खातुन सिद्दिकी निर्वाचित हुनु भएको छ ।

    श्रमिक खुल्ला सदस्यमा कमल गौतम, बाबुराम थापा, रमेश बडाल र बिनोद श्रेष्ठ र महिलातर्फ मन्जुकुमारी थापामगर र सीता लामा निर्विरोध निर्वाचित हुनु भएको छ । पिछडिएको क्षेत्र महिला तर्फ बदमी क्वारा बुढा निर्विरोध निर्वाचित हुनु भएको छ ।

    खुल्ला महिला सदस्यमा अम्बिका थापा, ईन्दु कडरिया, उषाकिरण तिमिल्सिना, श्रीमाया थकाली, कोमल ओली, गीता अधिकारी, गोमा आचार्य, गौरीकुमारी ओली, जानुका सिंखडा, टुका हमाल, डा.शिवमाया तुम्बाहाम्फे, तुलसाकुमारी दाहाल, थममाया थापा, दक्षिणा शाही, दिपा शर्मा र नविना लामा निर्विरोध निर्वाचित हुनु भएको छ ।

    निर्वाचन आयोगले न्यूजभित्तोलाई दिएको जानकारी अनुसार निरकुमारी कँवर, निरुदेवी पाल, निर्मला देवकोटा, प्रतिक्षा तिवारी, प्रभा बराल, बालिका गिरी, बिमला घिमिरे, बुधनीदेवी महतो, भगवती चौधरी, भगवती न्यौपाने, भारती पाठक, मनकुमारी जिसी, ममता गिरी, मिना उप्रेती, मैनाकुमारी भण्डारी, लक्ष्मी गौतम, लिलाकुमारी भण्डारी, विद्या भट्टराई, बिना राई, विन्दा ढुंगाना, विन्दा पाण्डे, शर्मिला कार्की र शान्ता चौधरी निर्विरोध निर्वाचित हुनु भएको छ ।

    शान्तिदेवी ढकाल, शोभा ज्ञवाली, सम्झना देवकोटा, सकुन्तला बस्नेत, सरस्वती बस्नेत, सरिता न्यौपाने, सीता गिरी, सीता न्यौपाने, सीता पौडेल, सिर्जना काफ्ले, सीताकुमारी सुन्दास, सुजिता शाक्य, सुनिता बराल र सुशिला नेपाल निर्विरोध निर्वाचित हुनु भएको छ ।

    अनुशासन आयोगको अध्यक्षमा केशवप्रसाद बढाल, उपाध्यक्षमा नेत्रप्रसाद पन्थी र सचिवमा प्रा.डा.भरतराज पहारी सहित २२ जना सदस्य निर्विरोध निर्वाचित हुनु भएको छ । यसैगरी लेखा आयोगको अध्यक्षमका पुष्पराज कँडेल, उपाध्यक्षमा विष्णु पन्थी, सचिवमा शिव अधिकारी र २२ जना सदस्य निर्विरोध निर्वाचित हुनु भएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    • पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.