सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पार्टीमा अब युवा पुस्ताको नेतृत्व अपरिहार्य छः अध्यक्ष डा लोहनी


  •    न्युजभित्तो/१४ मंसिर २०७८, मंगलवार १५:५८ 
  • काठमाडौँ, १४ मङ्सिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले पार्टीमा अब युवा पुस्ताको नेतृत्व अपरिहार्य भएको बताउनुभएको छ ।

    यहाँ आज आयोजित पत्रकार सम्मेलनमा उहाँले पार्टीको आसन्न महाधिवेशनमा युवा पुस्तालाई नेतृत्व हस्तानन्तरण गर्न अध्यक्ष पदमा राजेन्द्र लिङ्देनलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    अध्यक्ष लोहनीले देशभरबाट छनोट भएर महाधिवेशनमा आएका प्रतिनिधिमध्ये अधिकांशको चाहना र भावना युवालाई नेतृत्वमा पु¥याउने रहेको उल्लेख गर्दै त्यसलाई आफूले सम्मान गरेर अध्यक्ष पदमा लिङ्देनलाई सहयोग गर्ने बताउनुभयो । उहाँले अध्यक्षद्वय पशुपतिशम्शेर जवरा र कमल थापालाई पनि पार्टीमा अभिभावकीय भूमिका निर्वाह गरी नयाँ पुस्तालाई सहयोग गर्न आग्रह गर्नुभयो ।

    “युवा नेतृत्वले पार्टीलाई एकताबद्ध गरेर देश र जनताको हितमा क्रियाशील भई प्रजातान्त्रिक पद्धतिबाट पार्टीको मूल सिद्धान्तलाई व्यवहारमा कार्यान्वयन गर्छ”, उहाँले भन्नुभयो, “पार्टीको संस्थागत विकास र सङ्गठनात्मक सुदृढिकरणका लागि पार्टीको नेतृत्वमा युवालाई पु¥याउनुपर्ने अहिलेको आवश्यकता हो ।”

    करिब दुई वर्षअगाडि राप्रपा र राप्रपा (संयुक्त) को एकता भएपछि पहिलोपटक यही मङ्सिर १५ देखि १७ गतेसम्म काठमाडौँमा महाधिवेशन हुन लागेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    निर्वाचन प्रणालीलाई थप व्यवस्थित बनाउन एकीकृत कानुन आवश्यकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
    ‘बुद्धका सन्देश नै दिगो शान्ति र समृद्धिका आधार’
    आज पनि घट्यो नेप्से परिसूचक
    • तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश
    • मधेसको खानेपानी सङ्कट समाधानमा संसदीय समितिको जोड
    • अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालयमा यसरी हुँदैछन् विद्यार्थी भर्ना
    • अटो चलाएर आत्मनिर्भर बन्दै महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.