सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एमालेको निर्वाचन सकिएपछि योगेशले भने- मत दिनु नदिनु भनेर पर्चा बाँडिएको छैन


  •    न्युजभित्तो/१४ मंसिर २०७८, मंगलवार १३:२३ 
  • चितवन,१४ मंसिर । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन प्रचार-प्रसार समितिका संयोजक योगेश भट्टराईलाई कुनै उम्मेदवारलाई मत दिनु नदिनु भनेर पर्चा बाँडिएको बारे आफूलाई थाहा नभएको दावी गरेका छन् ।

    एमालेमा नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सकिएपछि संचारकर्मीसँग कुरा गर्दै भट्टराईले कुनै उम्मेदवारको पक्ष र विपक्षमा पर्चा बनाइएकोबारे आफूलाई जानकारी नभएको र मतदानस्थलमा त्यस्तो पर्चा नभेटेको दाबी गरे ।

    एमालेको अध्यक्षमा उम्मेदवारी दिएका नेता डा। भीम रावलले चितवनमा एमालेको मतदान शुरू भएपछि मतदान इलाकामा पार्टी निर्वाचन आयोगको आचारसंहिता विपरीत समूह सूची बाँड्ने र त्यसको विरोध गर्नेमाथि जाइलाग्ने कार्य भएको भन्दै आपत्ति जनाएका थिए ।

    एमालेको नयाँ नेतृत्व चयनका लागि जारी मतदान प्रक्रिया अध्यक्षका अर्का उम्मेद्वार रावललाई भोट नहाल्न भन्दै एमाले प्रतिनिधिहरुलाई अध्यक्ष केपी शर्मा ओली पक्षका कार्यकर्ताले उर्दी जारी गरेका थिए ।

    अध्यक्षमा उम्मेद्वारी दिएका रावलसहितका नेताहरूको नामावली निकालेर ओली समूहका कार्यकर्ताले भोट नहाल्न आग्रह गर्दै पर्चा बाँडेका थिए । अध्यक्ष ओली पक्षले कसलाई भोट हाल्ने र कसलाई नहाल्ने भनेर प्यानलसहितको सूची वितरण गरिएको थियो ।

    लिस्टमा ओली पक्षलाई भोट हाल्न भनिएको छ भने रावल पक्षलाई नहाल्न आग्रह गरिएको थियो । लिस्टमा ओलीले यसअघि बन्दसत्रमा सर्वसम्मतीका लागि प्रस्तुत गरेको नामावलीमा भोट हाल्न भनिएको थियो । सूचीमा ओलीले यसअघि बन्दसत्रमा बाचन गरेको नामावलीमा भोट हाल्न सूचित गरिएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    • पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.