एमाले महाधिवेशनः आज साँझसम्म अन्तिम मत परिणाम आउने
न्युजभित्तो/१४ मंसिर २०७८, मंगलवार १०:३८
चितवन, १४ मंसिर । चितवनमा जारी नेकपा एमालेको १० औं महाधिवेशनमा हालसम्म एक हजार ३०० मतदाताले मतदान गरिसकेका छन् । दुई हजार १७५ मतदाता मध्ये सवा ८ बजेसम्म १३०० ले मतदान गरिसकेका हुन् । मतदानका लागि एक जनालाई १० देखि १५ मिनेटसम्म लाग्ने गरेको छ । केहीलाई भने २० मिनेटसम्म लागेको केन्द्रीय निर्वाचन आयोगका संयोजक डा. विजय सुब्बाले जानकारी दिए ।
एकपटकमा ६९ जनाले मतदान गर्ने व्यवस्था मिलाइएको छ । मतदान बिहान ४ बजेबाट सुरु भएको थियो । १० बजेसम्मका लागि मतदानको समय तोकिएको छ । यद्यपि मतदान नसकिए केही समय थप गरिने संयोजक डा. सुब्बाले जानकारी दिए । उनका अनुसार आज साँझसम्म अन्तिम मत परिणाम आइसक्ने छ । मतगणना सुरु गरेको करिब तीन घण्टामा अन्तिम मतपरिणाम आइसक्ने उनको भनाइ छ ।