सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एमाले महाधिवेशन : नेतृत्व चयनका लागि मतदान सुरु


  •    न्युजभित्तो/१४ मंसिर २०७८, मंगलवार १०:२८ 
  • चितवन, १४ मङ्सिर । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज बिहान ४ बजेदेखि मतदान सुरु भएको छ । सोमबार राति १० बजेपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन र २ बजेदेखि ८ बजेसम्म मतदान गर्ने भनिएको भए पनि दुई घण्टा ढिला गरी मतदान प्रक्रिया सुरु भएको हो ।

    नेकपा (एमाले)का अध्यक्षका उम्मेद्वार केपी शर्मा ओली र डा भीम रावल तथा अन्य शीर्षनेताले मतदान गरिसक्नुभएको छ । विद्युतीय प्रक्रियामा मतदान भइरहेको छ । पदाधिकारीतर्फ अध्यक्ष, उपाध्यक्ष र सचिव पदका लागि निर्वाचन हुँदैछ । त्यस्तै केन्द्रीय समितितर्फ खुला केन्द्रीय सदस्य, प्रदेश नं १ (भौगोलिक क्षेत्र) खुला, प्रदेश नं १ महिला, समावेशी क्षेत्रतर्फ दलित (खुला), थारू (खुला), पिछडिएको क्षेत्र र सुदूरपश्चिम प्रदेशको महिलातर्फ केन्द्रीय सदस्यका लागि निर्वाचन हुँदैछ । अरू सबै पदमा सर्वसम्मत भएको छ ।

    अध्यक्ष पदका लागि ओली र रावलले उम्मेदवारी दिनुभएको छ । यस्तै ६ उपाध्यक्षका लागि सात र सात सचिवका लागि नौ जनाको उम्मेदवारी परेको छ । उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा, सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल र घनश्याम भुसालको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ । यस्तै सचिवमा टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट, पद्मा अर्याल, भीम आचार्य र टङ्क कार्कीकोे उम्मेदवारी परेको छ ।

    केन्द्रीय समितिमा ८४ खुला केन्द्रीय सदस्यका लागि १०० जनाको उम्मेदवारी परेको छ । प्रदेश नं १ (भौगोलिक क्षेत्र) खुलातर्फ ६ सदस्यका लागि सात जनाले उम्मेदवारी दिएका छन् भने प्रदेश नं १ महिलामा तीन सदस्यका लागि चार जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ । त्यस्तै समावेशी क्षेत्रको दलित खुलातर्फ आठ सदस्यका लागि नौ जना, थारू खुलामा पाँच सदस्यका लागि ६ जना, पिछडिएको क्षेत्रमा तीन सदस्यका लागि चार तथा सुदूरपश्चिम प्रदेशको महिलातर्फ तीन सदस्यका लागि पाँच जनाबीच प्रतिस्पर्धा हुँदैछ ।

    महाधिवेशनले ३०१ सदस्यीय केन्द्रीय समिति चयन गर्दै छ । महाधिवेशनको उद्घाटनसत्र यही मङ्सिर १० गते नारायणगढको नारायणी नदी किनारमा भएको थियो भने बन्दसत्र सौराहामा भएको हो । सर्वसम्मत पदाधिकारीलगायत सदस्य चयनको प्रयास असफल भएपछि निर्वाचन प्रक्रिया थालिएको हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    निर्वाचन प्रणालीलाई थप व्यवस्थित बनाउन एकीकृत कानुन आवश्यकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
    ‘बुद्धका सन्देश नै दिगो शान्ति र समृद्धिका आधार’
    आज पनि घट्यो नेप्से परिसूचक
    • तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश
    • मधेसको खानेपानी सङ्कट समाधानमा संसदीय समितिको जोड
    • अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालयमा यसरी हुँदैछन् विद्यार्थी भर्ना
    • अटो चलाएर आत्मनिर्भर बन्दै महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.