सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेता शर्माद्वारा कांग्रेस गण्डकी प्रदेश सभापतिमा उम्मेदवारी घोषणा


  •    न्युजभित्तो/१३ मंसिर २०७८, सोमबार १६:१३ 
  • गण्डकी, १३ मङ्सिर  ।नेपाली कांग्रेसका नेता शुक्रराज शर्माले पार्टीको १४औँ राष्ट्रिय महाधिवेशनका सन्दर्भमा गण्डकी प्रदेश सभापति पदमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ । पोखरामा आज एक समारोहबीच उम्मेदवारी घोषणा गर्दै उहाँले लामो समयसम्म पार्टी सङ्गठनमा गरेको क्रियाशीलतालाई व्यवहारमा उतार्न आफ्नो उम्मेदवारी भएको बताउनुभयो ।

    पार्टीभित्रका अव्यवस्थाका कारण पार्टीलाई मात्र नभइ राष्ट्र र प्रजातन्त्रका लागि असर पारेको जनाउँदै उहाँले ती अव्यवस्थालाई हटाउँदै सङ्गठन मजबुत बनाएर आसन्न तीनवटै तहका निर्वाचनमा कांग्रेसलाई विजयी गराउन आफूले प्रदेश सभापतिको जिम्मेवारी लिन लागेको स्पष्ट पार्नुभयो ।

    विसं २०४६ देखि २०६१ सम्म नेपाली कांग्रेस कास्कीको पार्टी सभापतिको जिम्मेवारी सम्हालेका शर्माले २०४६ सालको प्रजातन्त्र पुनःस्थानपनाको आन्दोलन एवं २०६२÷६३ को जनआन्दोलनमा सक्रियता रहनुका साथै जेल जीवन बिताउनुभएको थियो । उहाँ २०२३ सालमा गण्डकी छात्र समितिको सदस्य, २०२६ मा तरुण दल कास्कीको अध्यक्ष, पार्टीको जिल्ला सदस्य, सचिवलगायत विभिन्न पदमा रही काम गर्नुभएको छ । । उहाँले राष्ट्रियसभा सदस्यको जिम्मेवारी पनि सम्हाली सक्नुभएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    • पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.