सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

यस्तो छ एमाले महाधिवेशनस्थल सौराहामा मतदानको तयारी


  •    न्युजभित्तो/१३ मंसिर २०७८, सोमबार १३:४८ 
  • सौराहा , १३ मङ्सिर । नेकपा (एमाले)को १४औं राष्ट्रिय महाधिवेशनस्थल चितवनको सौराहामा मतदानको तयारी थालिएको छ।

    अध्यक्ष सहित केही पदमा निर्वाचन हुने भएको छ। अध्यक्षमा केपी शर्मा ओली र भीम रावलबीच प्रतिस्पर्धा हुँदै छ।

    त्यस्तै, उपाध्यक्षमा पनि निर्वाचन हुने भएको छ। ६ जना उपाध्यक्षका लागि सात जनाको उम्मेदवारी परेको छ। घनश्याम भुसाल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा, विष्णु पौडेल र सुवास नेम्वाङ भिड्दै छन्।

     

    यसैगरी, सचिवमा पनि मतदान हुनेछ। सात जना सचिवका लागि नौ जनाको उम्मेदवारी परेको छ।

    सचिवमा भीम आचार्य, टंक कार्की, टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्यालबीच प्रतिस्पर्धा हुनेछ।

    एमाले महाधिवेशनमा निर्वाचनमा विद्युतीय भोटिङ मेसिनबाट मतदान हुँदै छ। यो भोटिङ मेसिन राम र लक्ष्मण रिमालले बनाएका हुन्।

    आज राति ९ बजेदेखि बिहान ३ बजेसम्म मतदान गर्ने निर्वाचन कार्यक्रम छ। मतदान सकिएको केही घण्टामै मतपरिणाम आउने एमाले केन्द्रीय निर्वाचन आयोगले जनाएको छ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    निर्वाचन प्रणालीलाई थप व्यवस्थित बनाउन एकीकृत कानुन आवश्यकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
    ‘बुद्धका सन्देश नै दिगो शान्ति र समृद्धिका आधार’
    आज पनि घट्यो नेप्से परिसूचक
    • तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश
    • मधेसको खानेपानी सङ्कट समाधानमा संसदीय समितिको जोड
    • अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालयमा यसरी हुँदैछन् विद्यार्थी भर्ना
    • अटो चलाएर आत्मनिर्भर बन्दै महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.