घनश्यामको प्रतिक्रिया- पार्टीभित्र सिद्धान्त ज्युँदो छ भन्ने प्रमाणित गरेँ
न्युजभित्तो/१३ मंसिर २०७८, सोमबार १३:४३
चितवन,१३ मंसिर । नेकपा एमालेका नेता घनश्याम भूसालले पार्टीभित्र सिद्धान्त र मार्क्सवाद ज्युँदो छ भन्ने कुरा स्थापित गर्न आफूले उम्मेदवारी दिएको बताएका छन् । सोमबार बिहान उपाध्यक्ष पदमा उम्मेदवारी दिएपछि भुसालले यस्तो प्रतिक्रिया दिएका हुन् ।
उनले भने, ‘पार्टीभित्र विचार, सिद्धान्त र मार्क्सवाद ज्यूँदो छ भन्ने कुराको सन्देश दिन मैले उपाध्यक्षमा उम्मेदवारी दिएको हुँ । हामी सचेत भएनौं भने लोकतान्त्रिक क्रान्ति दलाल पुजीवादले हाइज्याक गर्छ।’
उनले १० बुँदेको गुट सधैँका लागि नबुझ्न आग्रह गरे ।
ओलीले ६ जना उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा, विष्णु पौडेल र सुवास नेम्वाङलाई प्रस्ताव गरेका छन्। सूचीमा आफू नअटाएको भन्दै उपाध्यक्ष पदमा घनश्याम भुसालले पनि ओलीको सूचीलाई चुनौती दिँदै उम्मेदवारी दर्ता गराएका हुन् ।