सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मोरङ कांग्रेस सभापतिमा फेरि निर्वाचन हुने


  •    न्युजभित्तो/१३ मंसिर २०७८, सोमबार १३:३४ 
  • विराटनगर, १३ मङ्सिर  । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशन क्रममा मोरङमा भएको जिल्ला अधिवेशनमा सभापतिका तीन जना उम्मेदवारमा कसैले पनि ५१ प्रतिशत मत ल्याउन सकेकाले पुनः निर्वाचन हुने पार्टी कार्यालयले जनाएको छ ।

    मोरङ कांग्रेसको सभापति चयन गर्न दोस्रो चरणको निर्वाचन हुने भएको छ । सभापतिका उम्मेदवार डिगबहादुर लिम्बूले एक हजार ५४४, दिलीप गच्छदारले एक हजार १५९ र यदु विष्टले ५६३ मत प्राप्त गर्नुभएको थियो । कांग्रेसको विधानअनुसार सभापतिले बहुमत प्राप्त गर्न बदर मत बाहेक खसेको मतको कम्तीमा ५१ प्रतिशत ल्याउनुपर्छ । तर, आइतबार भएको निर्वाचनमा मोरङका कुनै पनि उमेद्वारको बहुमत आएन ।

    तेस्रो स्थान प्राप्त गर्नुभएका सभापतिका उम्मेदवार विष्ट प्रतिस्पर्धाबाट बाहिरिने तथा लिम्बू र गच्छदारबीच प्रतिस्पधा हुने जिल्ला सचिव मोदराज घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार निर्वाचनका विषयमा छलफल भइरहेको छ टुङ्गो लागेको छैन । आइतबार कांग्रेस पदाधिकारी चयन गर्न भएको मतदानमा जम्मा तीन हजार ४१२ मत खसेको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    • पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.