सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एमाले महाधिवेशन : १४ पदका लागि १८ जना चुनावी प्रतिस्पर्धामा


  •    न्युजभित्तो/१३ मंसिर २०७८, सोमबार १२:४४ 
  • चितवन,१३ मंसिर । नेकपा एमालेको जारी १० औं महाधिवेशनमा १४ पदका लागि १८ जना चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

    सौराहामा जारी बन्दसत्रमा आज बिहान १० बजे उम्मेदवारी दर्ताको समय सकिएसँगै अब निर्वाचनको कार्यक्रम अघि बढेको छ ।

    अध्यक्षमा केपी शर्मा ओली र भीम रावलले उम्मेदवारी दर्ता गराएका छन् ।

    हिजो साँझ ओलीको सूचीमा नपरेका निवर्तमान उपमहासचिव घनश्याम भुसालले उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएसँगै उपाध्यक्षमा पनि निर्वाचन हुने भएको हो । एमालेमा ६ जना उपाध्यक्षको व्यवस्था रहेको छ । उपाध्यक्षहरूमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा बादल, विष्णु पौडेल र सुवासचन्द्र नेम्वाङको नाम आइतबार राति घोषणा गरेका थिए ।

    यस्तै सचिवमा पनि चुनाव हुने भएको छ । एमालेमा सात जना सचिव रहने छन् । ओलीले यसअघि टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्याललाई सचिव बनाउने सूचि तयार पारेका थिए । तर, ओलीको सूचीमा नअटाएका भीम आचार्य र टंक कार्कीले उम्मेदवारी दिएपछि सचिवमा पनि चुनाव हुने भएको छ।

    निर्वाचन आयोगले उम्मेदवारहरुलाई निर्वाचन आचारसंहितामा पालना गर्न अनुरोध गरेको छ । मतदाताले प्रचारप्रसार गर्दा निर्वाचन सामाग्री ठूलो प्रदर्शन गर्न पाइने छैन भने समूहगत छलफल पनि गर्न पाइने छैन ।

    आचारसंहिता विपरीत काम भएमा आयोगले उम्मेदवारी वदर गर्नसक्ने जनाएको छ ।

    एमाले महाधिवेशनमा कुल प्रतिनिधिको संख्या २ हजार १ सय ७५ रहेको छ ।

    आज सक्ने भनिएको महाधिवेशन हिजो सहमतिको प्रयास गर्न खोज्दा लम्बिएको छ । एमाले महाधिवेशनको उद्घाटन सत्र मंसिर १० गते नारायणी नदी किनारमा भव्यताका साथ सम्पन्न भएको छ । भने बन्द सत्र सौराहमा जारी रहेको हो । आज मतदान भइ भोलि दिउँसोसम्ममा मत परिणाम आइसक्ने र भोलि नै बन्द सत्र सकिने संभावना रहेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    • पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.