सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एमाले महाधिवेशनका कारण चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि बढ्यो


  •    न्युजभित्तो/१३ मंसिर २०७८, सोमबार ११:५१ 
  • नवलपुर, १३ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनका कारण चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्यटकीय गतिविधि बढेको छ । एमालेको चितवनमा जारी महाधिवेशनका लागि आएका पार्टीका नेता, प्रतिनिधि तथा कार्यकर्ताका कारण निकुञ्ज र मध्यवर्ती क्षेत्रको पर्यटकीय चहल पहल बाक्लिएको हो

    बाघमारा सामुदायिक वनका कार्यालय सचिव हरि आचार्यले पछिल्लो तीन दिनमा हात्ती सफारी र जङ्गल सफारी गर्नेको सङ्ख्यामा तीन दोब्बरभन्दा धेरैले वृद्धि भएको जानकारी दिनुभयो । “कोरोनाका कारण लामो समय बन्द रहेको पर्यटकीय गतिविधिमा एमाले महाधिवेशनले नयाँ तरङ्ग ल्याएको छ”, उहाँले भन्नुभयो, “अहिले देशभरबाट आएका प्रतिनिधि एवं शुभेच्छुकका कारण तत्काल केही पर्यटकीय गतिविधि बढेको छ । यसले दीर्घकालमा अझै धेरै सकारात्मक प्रभाव पार्ने हामीले विश्वास लिएका छौँ ।”

    विश्वमै दुर्लभ मानिएको एक सिङ्गे गैँडा हेर्नका लागि निकुञ्ज र मध्यवर्ती क्षेत्रमा आउने गरिन्छ । जङ्गल सफारीमा जाने व्यक्तिले छ वटासम्म एक सिङ्गे गैँडा, चराचुरुङ्गी, बँदेल, तीन प्रजातिका चित्तल, सङ्कटापन्न अवस्थाको घडियाल गोही सहजै देख्न सक्ने उहाँले बताउनुभयो । “यहाँको मध्यवर्ती क्षेत्रको सफारीमा जाँदा गैँडासहितका केही जनावर सहजरुपमा देख्न पाइन्छ”, सचिव आचार्यले भन्नुभयो, “कहिलेकाहीँ चितुवा र बाघसमेत देख्ने अवसर मिल्छ ।”

    जङ्गल सफारीमा गएका व्यक्ति गैँडासहितका जनावर देख्दा उत्साहित हुने गरेका छन् । पर्वतका एमाले महाधिवेशन प्रतिनिधि हरिहर पोखरेलले जङ्गल सफारी निकै रोमाञ्चित भएको बताउनुभयो । “जङ्गल सफारी निकै रमाइलो भयो, दुर्लभ जनावर सहजै देख्न पायौँ”, उहाँले भन्नुभयो, “जङ्गल सफारीमा जाँदा त्यस क्षेत्रमा महत्वपूर्ण रुख ढलेर यसै खेर गइरहेका छन् । जङ्गल सफारीलाई केही व्यवस्थित गर्नुपर्ने देखिएको छ ।” साल सिसौँका रुख सरकारको महत्वपूर्ण सम्पत्ति भएको जनाउँदै नेता पोखरेलले रुखको संरक्षण गर्नुपर्ने बताउनुभयो ।

    “जङ्गल सफारीमा जाँदा धेरै रुख ढलेको देखेँ, तिनीहरुलाई व्यवस्थित गर्नु जरुरी छ”, उहाँले भन्नुभयो, “ढलेका र पुराना रुख हटाउँदै नयाँ बिरुवा रोपेर त्यसको संरक्षण र जगेर्ना गर्दै पर्यटकीय गतिविधि गर्नुपर्ने देखिन्छ ।”
    महाधिवेशनका कारण पहिलोपटक चितवन आएको र यहाँको पर्यटकीय गतिविधिमा संलग्न हुन पाएको मोरङका नेत्रप्रसाद दाहालले बताउनुभयो । “चितवनमा आएर गैँडा हेर्ने धोको पहिल्यैदेखि थियो, यो धोको महाधिवेशनबाट पूरा भयो”, उहाँले भन्नुभयो, “यहाँ आएर मैले निकुञ्जको मध्यवर्ती वनमा जीप सफारी, हात्ती सफारी गर्ने अवसर पाएँ ।”

    देशकै तेस्रो पर्यटकीय गन्तव्यको रुपमा रहेका चितवन रहेको छ । पछिल्लो समय राष्ट्रिय निकुञ्जसहित आसपासका क्षेत्रमा पर्यटकीय गतिविधि बढेका हुन् । महाधिवेशनमा सहभागी हुन आउने व्यक्तिका कारण भरिभराउ भएको सौराहाबाट दैनिकरुपमा जीप सफारी तथा हात्ती सफारीबाट निकुञ्ज र मध्यवर्ती क्षेत्रको अवलोकनमा प्रतिनिधि जाने गरेका छन् । सौराहा र आसपासको क्षेत्रमा छुट्टै रौनकता थपिएको छ । सुस्त रहेको पर्यटकीय गतिविधिमा महाधिवेशनले दीर्घकालीन रुपमा प्रभाव पर्नेमा व्यवसायी विश्वस्त छन् ।(रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    • पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.