(आइतबार) विहान १० बजेका लागि बोलाइएको बन्द सत्र अझै सुरु हुन सकेन
न्युजभित्तो/१२ मंसिर २०७८, आईतवार १५:४७
चितवन,१२ मंसिर । चितवनको सौराहामा जारी नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको बन्द सत्र अझै सुरु हुन सकेको छैन । आज (आइतबार) विहान १० बजेका लागि बोलाइएको बन्द सत्र अझै सुरु हुन नसकेको हो ।
अध्यक्ष केपी शर्मा ओलीले आइतबार विहान १० बजे नै बन्दसत्रमा उपस्थित हुन आग्रह गरेका थिए । त्यसअनुसार अधिकांश प्रतिनिधि बन्दसत्रको हलमा पुगेका पनि थिए ।
तर झण्डै ५ घण्टा कुर्दा पनि बन्दसत्र सुरु नभएपछि प्रतिनिधिहरु बन्द सत्र स्थलबाट बाहिर निस्किएका छन् । उनीहरुमा नेतृत्वमा कसरी सहमति होला भन्ने चासो छ ।
कमिटीको नामावली प्रस्ताव गर्ने सर्वाधिकार आफूमा लिएका अध्यक्ष केपी शर्मा ओली भने नेताहरुसँग छलफलमा छन् । पदाधिकारी र केन्द्रीय सदस्यको आकांक्षीहरु ओली बसेको होटलमा पुगेर उनीलाई भेट्ने क्रम पनि चलिरहेको छ । बन्द सत्र स्थलमा भेटिएका सचिव योगेश भट्टराई सहमतिकै प्रयासमा समय लिइएको बताए ।