सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

होटेल पार्क सफारीमा ओलीको ‘कोर टिम’, बन्दसत्रमा घोषणा गर्नेको सूची बनाइँदै


  •    न्युजभित्तो/१२ मंसिर २०७८, आईतवार १५:३३ 
  • चितवन,१२ मंसिर । नेकपा (एमाले) को जारी महाधिवेशन टुंगोमा पुग्न नसकेका बेला अध्यक्ष केपी शर्मा ओलीसहितका मुख्य नेताहरु भने बन्दसत्र स्थलमा छैनन् ।

     

    अध्यक्ष ओली र उनीनिकट ‘कोर टिम’ बन्दसत्र स्थल होटेल पार्क सफारीमा परामर्शमा छ । ओलीसहित नेताहरु विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली, विष्णु रिमाल, महेश बस्नेत लगायतका नेताहरु भने होटेलमा आन्तरिक छलफलमा छन् ।

    स्रोतका अनुसार लामो समयदेखि होटेलमै बसिरहेका उनीहरुले बन्द सत्रमा घोषणा गरिने पदाधिकारी र केन्द्रीय सदस्यहरुको सूची तयार पारिरहेका छन् ।

     

    सहमतिका लागि भन्दै बिहान ८ बजेदेखि हुने भनिएको निर्वाचन प्रक्रिया अझैं शुरु गरिएको छैन् ।

    हिजोको बन्द सत्रले ओलीलाई पदाधिकारी र केन्द्रीय सदस्यहरुको नाम प्रस्ताव गर्ने प्राधिकार दिएको थियो । त्यसै अनुसार एकलौटीरुपमा नाम घोषणा गर्ने र ध्वनी मतका आधारमा पारित गराउने तयारी भइरहेको छ।

    वरिष्ठ नेता र महासचिवमा सहमति हुन नसकेकाले बिहानैदेखि विभन्न नेताहरुसँग ओलीले संवाद गरेका थिए।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    • पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.