सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

महिला क्रिकेट : नेपाल ग्लोबल छनोटमा पुग्न असफल, युएईसँग ४८ रनले पराजित


  •    न्युजभित्तो/१२ मंसिर २०७८, आईतवार १५:२८ 
  • काठमाडौं,१२ मंसिर । आईसीसी महिला टी(२० विश्वकप एसिया छनोटको अन्तिम खेलमा युएईसंग ४८ रनले पराजित भएपछि नेपाल ग्लोबल छनोट पुग्न असफल भएको छ ।

    ६ टोली सम्मिलित प्रतियोगितामा सबै ५ खेल जित्दै घरेलु टोली युएई १० अंक जोडेर विजेता बन्दै ग्लोबल क्वालिफायरमा छनोट भएको छ ।

    ग्लोबल क्वालिफायरमा पुग्ने लक्ष्य राखेको नेपाल हङकङ र युएईसँग पराजित भएपछि लक्ष्य अधुरै रह्यो । हङकङसँग भएको पहिलो खेल गुमाएको नेपालले भुटान, कुवेत र मलेसियालाई सहजै पराजित गरे पनि आइतबार निर्णायक खेलमा युएईसंग पराजित हुन पुग्यो । ग्लोबल क्वालिफायर पुग्न नेपालले युएईविरुद्धको आइतबारको खेलमा कम्तीमा १० बल अगावै युएईले दिएको १२८ रनको लक्ष्य पूरा गर्नुपर्ने थियो ।

    आइतबार हुने खेलमा हङकङले कुवेतलाई पराजित गरेमा नेपाल तेस्रो हुनेछ । यो नतिजा आएमा दोस्रो हुनेमध्ये उत्कृष्ट रहेर ग्लोबल क्वालिफायर पुग्ने नेपालको सम्भावना पनि समाप्त हुनेछ ।नेपालले अहिलेसम्म ग्लोबल क्वालिफायर पुगेको छैन ।

    चलेन ब्याटिङ

    दुबईस्थित आईसीसी एकेडेमी मैदानमा नेपालले टस जितेर ब्याटिङको निम्तो दिएपछि युएईले ५ विकेट गुमाएर १२७ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको नेपाल दुई बल बाँकी छँदा सबै विकेट गुमाएर ७९ रनमै अलआउट भयो । नेपालको लागि इन्दु बर्माले १५ र सीता राना मगरले १३ रन बनाउनुबाहेक बाँकी खेलाडीले दोहोरो अंकमा रन बनाउनसमेत सकेनन् । सीताले ३ तथा इन्दु र काजलले १र१ चौका प्रहार गरेका थिए ।

    लगातार ओपनिङ जोडीमा परिवर्तन गरिरहेको नेपालले युएईविरुद्ध इन्दु बर्मा र कविता कुँवरलाई ओपनिङ गराएको थियो । नेपालको इनिङ्स सुरुवात गर्दै आएका सीता राना मगर र काजल श्रेष्ठले क्रमश स् चौथो र छैटौं नम्बरमा ब्याटिङ गरेका थिए ।

    नेपाललाई अलआउट गर्न युएईका समाइरा धर्नीखर्कले ४ ओभरमा ५ रन मात्र खर्चेर सर्वाधिक ४ विकेट लिइन् । यस्तै खुशी शर्मा र चामानी सेनेभिरत्नले २-२ विकेट लिए ।

    त्यसअघि चामानीकै अर्धशतकमा युएईले १२७ रनको स्कोर बनाएको थियो । चामानीले ३६ बल खेल्दै ७ चौका प्रहार गरेर सर्वाधिक ५२ रन बनाएकी थिइन् । यस्तै थिर्था सतिसले ४७ र काभिस एगोडेजले २२ रन जोडे ।

    नेपालका लागि कविता कुँवरले २ तथा सबनम राई, सीता मगर र संगिता राईले १-१ विकेट लिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    • अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.