सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सर्लाहीमा दुई छोराछोरीसँगै महिला मृत भेटिइन्


  •    न्युजभित्तो/१२ मंसिर २०७८, आईतवार १४:३१ 
  • जनकपुरधाम,१२ मंसिर। सर्लाहीको बरहथवा नगरपालिकामा दुई सन्तानसहित एक महिला आफ्नै घरभित्र मृत अवस्थामा भेटिएकी छन् ।

    बरहथवा–१ हजरिया निवासी शिव हजारीकी २६ बर्षीया पत्नी कविता घरभित्रै झुण्डिएको अवस्थामा मृत फेला परेकी छन् ।

    कविताका ४ बर्षीय छोरा र ६ वर्षीया छोरी आमा झुण्डिए नजिकै तल भुइँमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।

    मृतक महिलाका श्रीमान् विगत चार बर्षदेखि वैदेशिक रोजगारमा छन् ।

    मृतक तीनै जनाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलगंवा लगिएको छ । तीनै जनाको मृत्युबारे अनुसन्धान भइरहेको प्रवक्ता बुढाथोकीले बताए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    साँचो क्रान्ति ‘क’बाट होइन, ‘ज्ञ’बाट सुरु हुन्छः प्रधानमन्त्री
    प्रदेश स्तरीय बाह्रसिङ्गा ब्याडमिन्टन प्रतियोगिता सुरु
    चीन–नेपाल सुरक्षा सहकार्यमा जोड
    • बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो
    • प्रदेशमा सुशासन कायम गर्ने मुख्यमन्त्री बानियाँको प्रतिबद्धता
    • सुनचाँदीको मूल्य वृद्धि
    • श्रमदानबाट सेउती खोलामा फलामे पुल निर्माण

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.