सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

माओवादी पालिका अधिवेशन : खोटाङका दशवटै स्थानीय तहमा सर्वसम्मत नेतृत्व


  •    न्युजभित्तो/१२ मंसिर २०७८, आईतवार १३:१६ 
  • खोटाङ,१२ मङ्सिर  । नेकपा (माओवादी केन्द्र) खोटाङलेका दशै स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन गरेको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा शनिबार एकैदिन आयोजित गाउँपालिका/नगरपालिका अधिवेशनले दशवटै स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन गरेको हो ।

    जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा बिसन राईको अध्यक्षतामाा ६५ सदस्यीय नगरपालिका कार्यसमिति चयन भएको छ । समितिको उपाध्यक्षमा उमेशचन्द्र राई, खगेन्द्र राई र ध्रुवा राई, सचिवमा युगशन किराँत, सहसचिवमा दीपेन्द्र राई र कोषाध्यक्षमा रामकुमार हिङ्माङ रहनुभएको छ ।

    हलेसी तुवाचुङ नगरपालिकामा राजुविक्रम चाम्लिङको अध्यक्षतामा ६५ सदस्यीय नगरपालिका कार्यसमिति चयन गरिएको छ । उपाध्यक्षमा प्रदीप माइला, प्रदीप गिरी र कन्ठ कार्की, सचिवमा प्रमिला बस्नेत, सहसचिवमा गण राई र कोषाध्यक्षमा अमिनकाजी राई चयन हुनुभएको प्रेस सेन्टर नेपाल खोटाङका उपाध्यक्ष अशल चरित्र राईले जानकारी दिनुभएको छ ।

    दिप्रुङ चुइचुम्मा गाउँपालिकामा राजेन्द्र राईको अध्यक्षतामा ५५ सदस्यीय गाउँपालिका कार्यसमिति चयन गरिएको छ । समितिको उपाध्यक्षमा किसान राई, खड्गबहादुर तामाङ र नैनकुमारी खत्री, सचिव दीपक पौडेल, सहसचिवमा नारायण राई र कोषाध्यक्षमा सुनिता राई चयन हुनुभएको प्रेस सेन्टर नेपाल खोटाङका सदस्य तजिना मगरले जानकारी दिनुभयो ।

    रावाबेंसी गाउँपालिकामा रामबहादुर राई ‘बाबुराम’को अध्यक्षतामा ५५ सदस्यीय गाउँपालिका कार्यसमिति चयन गरिएको छ । समितिको उपाध्यक्षमा शारदा पोखरेल, भलकाजी तामाङ र लालबहादुर नेपाली, सचिव उदिम चाम्लिङ, सहसचिवमा सुरेन्द्र राई र कोषाध्यक्षमा सीता कटवाल चयन हुनुभयो ।

    साकेला गाउँपालिकामा अर्जुनकुमार खड्का ‘झङ्कार’को अध्यक्षतामा ५५ सदस्यीय गाउँपालिका कार्यसमिति चयन गरिएको छ । समितिको उपाध्यक्षमा बृसिका राई, मोहन खत्री र भरत बस्नेत, सचिवमा नवीनकुमार राई, सहसचिवमा धनबहादुर राई र कोषाध्यक्षमा उन्नत राई चयन हुनुभएको प्रेस सेन्टर खोटाङका सल्लाहकार उजुर राईले जानकारी दिनुभयो ।

    खोटेहाङ गाउँपालिकामा दीपेन्द्र राईको अध्यक्षतामा ५५ सदस्यीय गाउँपालिका कार्यसमिति चयन भएको छ । समितिको उपाध्यक्षमा धनबहादुर महाराजी, इन्द्रहाङ राई र सुशीला राई, सचिवमा वसन्त राई, सहसचिवमा किरण राई र कोषाध्यक्षमा सुरेन्द्र अधिकारी सर्वसम्मत चयन हुनुभएको माओवादी केन्द्र जिल्ला समन्वय समिति खोटाङका जिल्ला संयोजक देवान किराँती ‘पृथ्वी’ले जानकारी दिनुभयो ।

    बराहपोखरी गाउँपालिकामा युवराज मगरको अध्यक्षतामा ५५ सदस्यीय गाउँपालिका कार्यसमिति चयन भएको छ । समितिको उपाध्यक्षमा कमला राई, ताराकान्त राई र राजन राई, सचिव अर्जुन तामाङ, सहसचिव ध्रुवजीत राई र कोषाध्यक्ष गणेश परियार चयन हुनुभएको जनाइएको छ ।

    ऐँसेलुखर्क गाउँपालिकामा अगमसिं राईको अध्यक्षतामा ५५ सदस्यीय गाउँपालिका कार्यसमिति चयन गरिएको छ । समितिको उपाध्यक्षमा उर्मिला लम्साल, बलबहादुर राई र प्रेम तामाङ, सचिवमा झनकुमार राई, सहसचिवमा रमेश राई र कोषाध्यक्षमा चमेली विश्वकर्मा चयन हुनुभएको प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य भीम राईले जानकारी दिनुभयो ।

    केपिलासगढी गाउँपालिकामा रुद्रकुमार राईको अध्यक्षतामा ५५ सदस्यीय समिति चयन भएको छ । समितिको उपाध्यक्षमा रामकाजी राई, कुमार परिवार र विष्णु राई, सचिवमा समिप साम्पाङ, सहसचिवमा गोपाल तामाङ र कोषाध्यक्षमा पद्मा राई चयन हुनुभएको माओवादी केन्द्रले जनाएको छ ।

    जन्तेढुङ्गा गाउँपालिकामा बद्री राईको अध्यक्षतामा ५५ सदस्यीय गाउँपालिका कार्यसमिति चयन गरिएको छ । समितिको उपाध्यक्षमा खड्गबहादुर राई र देवीमाया राई, सचिव नइन्द्र राई र सहसचिवमा नेत्र श्रेष्ठ चयन हुनुभएको र एक उपाध्यक्ष र कोषाध्यक्ष समितिको पहिलो बैठकले चयन गर्ने जनाइएको छ ।

    अधिवेशनबाट चयन हुनुभएका पदाधिकारी तथा सदस्यलाई अधिवेशनमा खटिनुभएका नेताले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको थियो । अधिवेशनका अवसरमा विभिन्न पार्टी परित्याग गरी सयौँको सङ्ख्यामा नेता तथा कार्यकर्ता माओवादी केन्द्र प्रवेश गरेको जिल्ला संयोजक पृथ्वीले जानकारी दिनुभयो ।

    दश स्थानीय तहको ७९ वटा वडा रहेको जिल्लामा माओवादी केन्द्रका पाँच हजार ९९५ जना सङ्गठित सदस्य र साढे पाँच हजारभन्दा बढी साधारण सदस्य रहेको जिल्ला संयोजक पृथ्वीले जानकारी दिनुभयो । जिल्लामा वडा तथा गाउँ÷नगर अधिवेशनलगत्तै सदस्यता वितरणको कामलाई तीव्रता दिइने माओवादी केन्द्र खोटाङले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    • पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.