सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एमाले महाधिवेशनप्रति बाबुराम भट्टराईको टिप्पणी– निभ्ने बेलाको दीयो चम्कियो


  •    न्युजभित्तो/१२ मंसिर २०७८, आईतवार ११:४८ 
  • रुपन्देही,१२ मंसिर । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले एमाले महाधिवेशनलाई ‘निभ्ने बेला चम्केको दीयो’ भन्दै टिप्पणी गरेका छन् । आइतबार बुटवलमा आयोजित पत्रकार भेटघाटमा उनले राष्ट्रिय राजनीतिले जनतालाई भ्रममा पारेको बताउँदै चितवनमा जारी एमालेको महाधिवेशनलाई ‘गाइजात्रा’को संज्ञासमेत दिए ।

     

    एमाले अध्यक्ष केपी शर्मा ओलीले दरबारिया शक्तिको मिलेमतोमा प्रतिगमनको नेतृत्व गरेको उनको आरोप छ । ‘ओलीले दरबारिया शक्तिसँग मिलेर प्रतिगमनको नेतृत्व गरिसकेका छन्, चितवनको पन्चेभेलाले त्यहीं सन्देश दिएको छ, यो पन्चर्यालीमा भएको सहभागिताले अग्रगमनको नेतृत्व गर्न सक्दैन, यो निभ्नेबेलाको बत्ती हो’, भट्टराईले भने, ‘कांगे्रस, एमालेजस्ता पुराना राजनीतिक दलबाट देश नचल्ने भएकाले नयाँ राष्ट्रवादी शक्ति आवश्यक रहेको छ ।’

    माओवादी अध्यक्ष प्रचण्डले पुराना माओवादी एकताको प्रसंगमा भट्टराईले अहिले नै प्रचण्डसँग अंगालो राख्ने समय नआएको बताए । ‘माओवादी गलत बाटोमा छ, अहिले एकताको अवस्था छैन, सुध्रिएर आएसोच्न सकिन्छ’, उनले भने ।

     

    जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले जनतालाई जागरुक बनाउन र संगठन विस्तारका लागि जागरण अभियान सञ्चालन गरिएको बताए । उनले एमालेबाट कुनै अपेक्षा गर्न नसकिने दावी गर्दै जसपाले जनताको अपेक्षाअनुसार काम गरेको बताए ।

     

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    • पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.