सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

माओवादी पालिका अधिवेशन : झापा र काभ्रेका पालिकामा नेतृत्व सर्वसम्मत


  •    न्युजभित्तो/१२ मंसिर २०७८, आईतवार ११:५२ 
  • झापा, १२ मङ्सिर । झापाको तीनवटा पालिका मेचीनगर, कनकाई र झापामा नेकपा (माओवादी केन्द्र)को नेतृत्व चयन भएको छ । मेचीनगर र कनकाई नगर कमिटीको अध्यक्षमा राजन चिमरिया र यामनाथ सेढाईँ सर्वसम्मत चयन हुनुभएको छ भने झापा गाउँपालिकाको अध्यक्षमा रुद्र बजगाईँ चयन हुनुभएको छ ।

    पार्टीले शनिबार देशैभर नगर तथा गाउँपालिकास्तरीय अधिवेशन आयोजना गरेको थियो । जिल्लाका १५ पालिकामध्ये दुई नगर र एक गाउँपालिकामा नयाँ नेतृत्व चयन भइसकेको र अरु पालिकामा अधिवेशन उद्घाटन भएता पनि नेतृत्व चयन हुन बाँकी रहेको पार्टीका जिल्ला सचिवालय सदस्य माधव अर्यालले जानकारी दिनुभयो ।

    काभ्रेको अधिकांश पालिकामा नेतृत्व सर्वसम्मत

    बनेपा– नेकपा (माओवादी केन्द्र)को शनिबार सम्पन्न पालिका सम्मेलनअन्तर्गत काभ्रेपलाञ्चोकका १३ वटै पालिका अन्तर्गत केहीमा सर्वसम्मत नयाँ नेतृत्व चयन गरिएका छन् । केही पालिकाको भने नेतृत्व चयनका क्रममा बन्दसत्र जारी छ ।

    महाभारत गाउँपालिकामा कान्छालाल जिम्बाका अध्यक्षतामा ५५, खानखोला गाउँपालिकामा अविरल जिम्बाको नेतृत्वमा ५१ ,कोसीपारिस्थित भुम्लु गाउँपालिकामा प्रेम बहादुर भुजेल(बृहत)को अध्यक्षतामा ५०, रोशी गाउँपालिका डिल्लीप्रसाद रेग्मीको अध्यक्षतामा ५५ सदस्यीय र बेथानचोक गाउँपालिकामा तारा राना तिमल्सिनाको अध्यक्षमा ५० सदस्यीय नयाँ कमिटी चयन गरिएको छ ।

    यसैगरी मण्डनदेउपुर नगरपालिकामा निरञ्जन विष्ट (दीप)को अध्यक्षतामा ६५ ,पाँचखाल नगरपालिका कमिटीमा चेतप्रसाद गौतम (मणि)को अध्यक्षतामा ६१ ,नमोबुद्ध नगरपालिका मिन्टु लामाको अध्यक्षतामा ६५ सदस्यीय कमिटी पनि चयन गरिएको छ । यसैगरी तेमाल गाउँपालिकामा कमिटी चयन गर्न बाँकी छ । आज बस्ने छलफलले पदाधिकारी टुङ्ग्याउने जनाइएको छ । धुलिखेल नगर कमिटीले पनि सम्मेलनको बन्दसत्रबाट ६५ जनाको कमिटी चयन गर्न बाँकी छ ।

    कोसीपारिस्थित चौरीदेउराली गाउँपालिकाको आज बन्दसत्र सुरु हुने जनाइएको छ । बनेपा नगर कमिटीको शनिबार उद्घाटन सत्र सम्पन्न गरी बन्दसत्र स्थगन भएको पार्टीले जनाएको छ भने पनौती नगर कमिटीको उद्घाटन सम्पन्न भएपछि आज बन्द सत्र सुरु भएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    • पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.