सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा आज (आइतबार) देखि सवारी चालक अनुमति पत्र (लाइसेन्स) नविकरण सुरु


  •    न्युजभित्तो/१२ मंसिर २०७८, आईतवार १०:४६ 
  • चितवन,१२ मङ्सिर । यातायात व्यवस्था सेवा कार्यालय चितवनमा आज (आइतबार) देखि सवारी चालक अनुमति पत्र (लाइसेन्स) नविकरण सुरु भएको छ । कार्यालयले आजदेखि औपचारिक रुपमा स्मार्ट लाइसेन्स नविकरण सेवा सुरु गरेको हो ।

    पेपरकार्ड लाइसेन्स भएकाहरुले भने लाइसेन्स जारी भएकै कार्यालयमा उपस्थित भई सम्पूर्ण विवरण ईडीएलआरएसमा अपडेट गराउनुपर्नेछ । “स्मार्ट लाइसेन्स भएका सेवाग्राहीहरुले यहाँबाट सिधै सेवा पाउनुहुन्छ । पेपरकार्ड लाइसेन्स भएकाहरु सबैको विवरण यहाँ हुन्न । अपडेट छ भने यहीबाट हुन्छ । अपडेट छैन भने लाइसेन्स जारी भएकै कार्यालयमा गएर सबै विवरण अपडेट गर्नुपर्छ,” उनले भने ।

    सुरुवाती चरणमा दैनिक एक सय वटासम्म लाइसेन्स नविकरण गरिने कार्यालय प्रमुख बिनोद पौडेलले जानकारी दिए । पौडेलका अनुसार प्रतिघण्टा १३ वटा लाइसेन्स नविकरण गर्ने गरी व्यवस्थापन गरिएको छ । नविकरणका लागि हुन सक्ने भिडभाडलाई मध्यनजर गर्दै अनलाईन टोकन प्रणाली सुरु गरिएको छ ।

    कार्यालयले लाइसेन्स नविकरण लागि गत आइतबार इलोक्ट्रोनिक ड्राइभिङ लाइसेन्स रजिष्टेशन सिस्टम (ईडिएलआर) नामक सफ्टवेर जडान गरेको थियो ।

    सेवाग्राहीहरुले कार्यालयको वेवसाइटबाट अनलाइन मार्फत टोकन लिएर सेवा लिन सक्नेछन् । “भिडभाडलाई मध्यनजर गर्दै हामीले टोकन प्रणाली लागु गरेका छौं । वेवसाइटमा ५२ वटा टोकन छन् । ४०-५० जना भौतिक रुपमा नै उपस्थित हुन्छन् भन्ने हाम्रो अनुमान छ, उनले भने, तर अनलाइन टोकन लिएर आउनेलाई हामी प्राथमिकता दिन्छौं ।”

    आवश्यकता अनुसार सेवा बढाउदै लगिने समेत उनले बताए । पौडेलका अनुसार अहिले कार्यालयमा उपलब्ध कर्मचारीबाट नै नविकरणको काम सुरु भएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    • पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.