सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

माओवादी पालिका अधिवेशन : चितवनमा पाँच पालिकामा नयाँ नेतृत्व


  •    न्युजभित्तो/१२ मंसिर २०७८, आईतवार १०:३९ 
  • चितवन, १२ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को पालिकाको प्रथम सम्मेलनले जिल्लाका पाँच पालिकामा नयाँ नेतृत्व चयन गरेको छ । जिल्लाका सात पालिकामध्ये भरतपुर महानगरपालिका सहित माडी, राप्ती, खैरहनी नगरपालिका र इच्छाकामना गाउँपालिकामा नयाँ नेतृत्व चयन गरेको हो ।

    कालिका र रत्ननगर नगरपालिकामा आज नयाँ नेतृत्व चयन हुँदैछ । जिल्ला अध्यक्ष यमबहादुर परियारका अनुसार भरतपुरमा ईश्वर सापकोटा, माडीमा प्रभूप्रसाद महतो, राप्तीमा रामचन्द्र पाठक, खैरहनीमा रामेश्वर पोखरेल र इच्छाकामनामा प्रताप गुरुङका अध्यक्ष पदमा सर्वसम्मत चयन हुनुभएको थियो ।

    अध्यक्ष परियारका अनुसार पालिकामा सात सदस्यीय पदाधिकारी हुने व्यवस्था रहेको छ । पदाधिकारीसहित महानगरमा ९९, नगरपालिकामा ६५ र गाउँ पालिाकामा ५५ जनाको समिति बन्ने व्यवस्था छ । सातै पालिकामा सम्मेलनको उद्घाटन शनिबार गरिएको छ । साँझसम्ममा पाँच पालिकामा नयाँ नेतृत्व चयन भए पनि बाँकी दुई पालिकाको छलफल नसकिएकाले आजका लागि सरेको छ । सबै पालिकाहरुमा सर्वसम्मत समिति बनेको हो ।

    तत्कालीन समयमा नेकपा (एमाले)सँग पार्टी एकता हुँदा समिति रहेको भए पनि अलग भएपछि पहिलोपटक विधिवतरूपमा समिति बनाइएको हो । यसअघि पार्टीको जिल्लाका ९८वडामा समिति चयन गरिसकेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    • पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.