सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आन्तरिक लोकतन्त्रलाई सुदृढ र सशक्त बनाउँदै कांग्रेस


  •    न्युजभित्तो/१२ मंसिर २०७८, आईतवार १०:३३ 
  • चितवन, १२ मङ्सिर । नेपाली कांग्रेसको आसन्न महाधिवेशन नजिकिएसँगै सामाजिक सञ्जालमा पार्टीका नेता र कार्यकर्ताले आफ्नै पार्टीका नेता र कार्यकर्ताका बारेमा सटिक टिप्पणी गर्न थालेका छन् । जिल्ला तथा प्रदेश तहका अधिवेशनबाट विजेतालाई अबिर, माला र खादाले स्वागत र सम्मानका अभिव्यक्तिले सामाजिक सञ्जाल ‘भाइरल’ नै भइरेहका छन् ।

    निर्वाचन पराजित भएको जनाउँदै कतिपयले चोकचौराहामा गालीगलौजमा समय खर्चनेको पनि कमी छैनन् । मानौ कि उनीहरु विपक्षी दलहरुसँग जित र पराजित भइरहेका छन् । स्थानीय, प्रदेश र सङ्घीय निर्वाचनमा विपक्षीसँग लड्दा जुन ऊर्जा कांग्रेसले बोकेको थियो त्यो भन्दा थप ऊर्जा आफ्नै पार्टीका नेता, कार्यकर्तालाई हराउन र जिताउनमा कांग्रेसी कार्यकर्ताले समय खर्चेकामा पुराना पुस्ताका कांग्रेसका नेता चिन्तित छन् ।

    पार्टीको आन्तरिक लोकतन्त्रलाई बलियो बनाउन गाउँ तहदेखि नै चुनाव हुने गरेको छ । कांग्रेस चितवनका निवर्तमान सभापति टेकप्रसाद गुरुङ आफूले सात÷आठवटा निर्वाचनमा प्रतिष्पर्धा र सम्पन्नगरेको भए पनि अहिलेको जस्तो नभएको बताउनुहुन्छ । उहाँले भन्नुहुन्छ, “कांग्रेसको अहिलेको विधान परिवर्तन गर्नुपर्छ ।” पैसा नहुने निर्वाचनमा भाग लिन नसक्ने अवस्था बनेको उहाँको बुझाइ छ । आफूले अहिलेसम्म आन्तरिक निर्वाचनमा पोष्टरसमेत नटाँसेको जनाउँदै उहाँ भन्नुहुन्छ, “आन्तरिक निर्वाचन हारेपछि चोकचोकमा बसेर गालीगलौज गर्नु राम्रो होइन ।”

    पार्टी नेता, कार्यकर्तामा अनुशासनका कमी भएकामा उहाँलाई चिन्ता छ । पूर्वराज्यमन्त्रीसमेत हुनुभएका कांग्रेस चिवतनका पूर्वसभापति शेषनाथ अधिकारी पार्टीभित्रको आन्तरिक निर्वाचनमा तल्लोस्तरको गातिविधि भएको जानकारी दिनुहुन्छ । पार्टीभित्रको निर्वाचन प्राविधिक पक्ष भएको जनाउँदै उहाँले यसमा हार–जित नहुने बताउनुहुन्छ । उहाँले भन्नुभयो, “यो छनोट हो । हार जित होइन ।” साङ्गठनिक प्रक्रियाका लागि नेतृत्व चयन गर्नुपर्ने भए पनि यसलाई बुझाउन नसक्दा समस्या आएको उहाँको बुझाइ छ । उहाँ भन्नुहुन्छ, “सङ्गठनको नेतृत्व चयन मात्र हो भनेर बुझाउन जरुरी छ । प्रशिक्षण कमजोर भयो ।” कांग्रेसको मर्म बुझाउन नसकिएको हो कि भन्ने उहाँमा चिन्ता छ ।

    तत्कालिन संबिधानसभा सदस्य एवं नेपाली काँग्रेस चितवनका पूर्व सभापति रामकृष्ण घिमिरे तडकभडक र बैमनश्यता हुन नहुने बताउनुहुन्छ । आफ्ना साथीलाई जित्दा र हार्दा धेरै खुशि र निरास हुनुपर्ने अबस्था आउन नहुने उहाँको बुझाइ छ । ठूलो पार्टी भएकाले धेरैका आशा पदमा हुनु स्वभाबिक रहेको जनाउँदै उहाँले आन्तरिक नेतृत्व चयनलाई पेचिलो हुनेगरि व्यवहार प्रदर्शन गर्न नहुने सुझाव दिनुहुन्छ । विपक्षिहरुसंग लड्नका लागि आन्तरिक निर्वाचनले थप बलियो वनाउने गरि गतिबिधि गर्नुपर्ने उहाँको राय छ ।

    अर्का जिल्ला पूर्वसभापति टीकाराम न्यौपाने पार्टीका नेता, कार्यकर्ता अनुशासित बन्न र पार्टीको आन्तरिक निर्वाचनमा आर्थिक चलखेल हुन दिनुहुँदैन भन्नुहुन्छ । उहाँले भन्नुहुन्छ, “यसरी नै अघि बढ्यो भने पार्टी कमजोर बन्छ ।” पार्टीमा योगदान दिएकालाई जिम्मेवारीमा ल्याएर सङ्गठन बलियो बनाउनुपर्ने उहाँको भनाइ छ । आन्तरिक निर्वाचन भड्किलो बन्न नहुने पूर्व सभापति न्यौपाने बताउनुहुन्छ ।

    झण्डै पाँच वर्ष छ महिनापछि कांग्रेसको गाउँदेखि जिल्लासम्म निर्वाचन भइरहेको छ । गतको स्थानीय, प्रदेश र सङ्घीय निर्वाचनमा पराजय व्यहोरेको कांग्रेसलाई अबको निर्वाचनमा पहिलो शक्ति बनाउनुपर्ने पुराना नेताहरु बताउँछन् । स्थानीय निर्वाचनको सङ्घारमा भइरहेको अहिलेको आन्तरिक निर्वाचनले असर पैदा गर्ने हो कि भन्ने चिन्ता उनीहरुमा छ । जिल्लाका पूर्वसभापति पछिल्लो समयको भड्किलो आन्तरिक निर्वाचनलाई व्यवस्थित गरी पार्टीलाई सुदृढ बनाउनुपर्नेमा जोड दिन्छन् । नेता, कार्यकर्तालाई बुझाउन नसक्दा आफ्नो क्षमताभन्दा फरक पदमा उम्मेदवारी दिने, भड्किलो प्रचार गर्ने, पराजित भएपछि गालीगलोजमा उत्रने गर्दा यसको प्रत्यक्ष असर विपक्षीसँग लड्ने निर्वाचनमा देखिन सक्नेमा उनीहरुको चिन्ता छ । (रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री
    • बल्खु र वंशीघाट क्षेत्र नदी किनारका जोखिमपूर्ण बस्ती हटाइँदै
    • गण्डकदेखि मितेरीपुलसम्मको सडकको केन्द्रविन्दु छुट्टयाउन थालियो
    • साँचो क्रान्ति ‘क’बाट होइन, ‘ज्ञ’बाट सुरु हुन्छः प्रधानमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.