सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एमाले महाधिवेशनः नयाँ नेतृत्वका लागि नेताहरु विहानैदेखि छलफलमा


  •    न्युजभित्तो/१२ मंसिर २०७८, आईतवार १०:०५ 
  • चितवन,१२ मंसिर । चितवनको सौराहामा जारी नेकपा (एमाले)को १० औं राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्वका लागि नेताहरु विहानैदेखि छलफलमा जुट्नु भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्व छान्ने अधिकार दिएपछि नेताहरु छलफलमा जुट्नुभएको हो ।

    महाधिवेशन प्रचार कमिटीका सह–संयोजक सूर्य थापाका अनुसार सहमतीका प्रयासका लागि विभिन्न खालका छलफलहरु भइरहेका छन् । अध्यक्ष केपी शर्मा ओलीले यसका लागि आवश्यक गृहकार्यहरु अगाडी बढाइरहनु भएको छ । आज विहान १० बजे बन्दसत्र सुरु हुने र त्यसपछि थप छलफल अघि बढ्ने थापाले बताउनुभयो । अधिकांस नेता कार्यकर्ताको जोड सहमतीमा नै नेतृत्व चयन हुनुपर्ने भन्नेमा रहेकाले त्यसका लागि सबै प्रयासहरु गरिने उहाँको भनाई छ ।

    महाधिवेशन प्रचार कमिटी सचिव गगन विष्टका अनुसार नेताहरु सहमतीका लागि जुटिरहेको र आजै टुङ्गिने बताउनुभयो । उहाँले भन्नुभयो ,‘एकताको सन्देश दिनेगरी महाधिवेशनले एउटा निर्णय गर्नेछ,यसले कार्यकर्तामा थप उर्जा प्रदान गर्नेछ ।’ महाधिवेशनपछि नेता कार्यकर्ताहरु जिल्लमा संगठन थप मजवुत बनाउन लाग्ने बताउनुभयो ।
    शनिवारदेखि सुरु भएको बन्दसत्रमा अध्यक्ष केपी शर्मा ओलीलाई दशौँ राष्ट्रिय महाधिवेशनमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्मका नामावाली हलसमक्ष प्रस्तुत गर्ने अधिकारी दिइएको छ । अध्यक्ष ओलीले केन्द्रीय लेखा आयोग र अनुशासन आयोगका २५, २५ जना पदाधिकारीका नाम पनि प्रस्ताव गर्नुहुनेछ । शनिवार दिनभरपनि सहमतीका लागि छलफलहरु भएका थिए । देशभरबाट आएका नेता कार्यकर्ताहरु नेतृत्वलाई सहमतीका लागि दबाब दिइरहेका छन ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    • पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.