सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नयाँ नेतृत्वका लागि अध्यक्ष ओली छलफलमा


  •    न्युजभित्तो/१२ मंसिर २०७८, आईतवार ०८:४७ 
  • सौराहा, १२ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जारी १० औं महाधिवेशनमा नयाँ नेतृत्वका लागि अध्यक्ष केपी ओली छलफलमा हुनुहुन्छ । हिजोको बन्द सत्रले नयाँ नेतृत्व प्रस्ताव गर्ने अधिकारी अध्यक्ष ओलीलाई दिएपछि उहाँले छलफल अघि बढाउनु भएको हो ।

    एमाले प्रचार विभागका सहसंयोजक सूर्य थापाका अनुसार अध्यक्ष ओलीले विभिन्न तहका छलफलहरु स्अगाडि बढाउनु भएको छ । सबैलाई मिलाएर एकताको सन्देश दिने गरी नेतृत्व प्रस्ताव गर्न अध्यक्ष ओली छलफलमा लाग्नु भएको हो । महिला, दलित, जनजाती, भूगोल लगायतलाई समेटेर नेतृत्व चयन गर्नका लागि उहाँले विभिन्न चरणमा छलफल गरिरहनु भएको छ ।

    आज १० बजे हुने बन्द सत्रमा नयाँ नेतृत्वको प्रस्ताव हुने अपेक्षा गरिएको छ । एमालेको केन्द्रीय कमिटी ३०१, पोलिटब्युरो ९९, स्थायी कमिटी ४५ र पदाधिकारी १९ सदस्यीय रहने व्यवस्था छ । विधानमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र सात सचिवको व्यवस्था छ । स्थायी कमिटी सदस्य र पोलिटब्युरो भने केन्द्रीय कमिटीबाट चयन हुनेछन् । संशोधित विधानमा केन्द्रीय निर्वाचन, लेखा र अनुशासन आयोग २५–२५ सदस्यीय बनाउने व्यवस्था छ । २५ सदस्यीय आयोगमा एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र २२ सदस्य रहनेछन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    • पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.