सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

माओवादीलाई पुनः क्रान्तिकारी बनाएरै छाड्ने अध्यक्ष प्रचण्डको दृढता


  •    न्युजभित्तो/११ मंसिर २०७८, शनिबार १७:३२ 
  • काठमाडौँ, ११ मङ्सिर । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीलाई विचार, सिद्धान्त र व्यवहारमा क्रान्तिकारी बनाउने दृढता व्यक्त गर्नुभएको छ । पछिल्ला दिनमा माओवादीप्रति जनताको आकर्षण थप बढेको उल्लेख गर्दै उहाँले विगतमा रहेको अलमलसमेत सकिएको र आगामी दिनमा नयाँ आधारमा जनतामा स्थापित भएरै छाड्ने विश्वास व्यक्त गर्नुभयो ।

    देशभरका पालिका सम्मेलनलाई आज भर्चुअल माध्यमबाट सम्बोधन गर्नुहुँदै उहाँले पार्टीलाई आफ्नै खुट्टामा उभिने क्रान्तिकारी पार्टी बनाउने क्रम शुरु भइसकेको जानकारी दिनुभयो । अध्यक्ष दाहालले हालसम्म केन्द्रीय कार्यालयमा झण्डै आठ लाख सक्रिय पार्टी सदस्यको नामावली प्राप्त भइरहेको र प्रक्रियामा रहेका झण्डै दुई लाख गरी १० लाख बराबरको सक्रिय सदस्य पुग्ने अवस्था देखिएको जानकारी दिनुभयो ।

    माओवादी पार्टी पुनः मुलुकको पहिलो पार्टी बन्ने उल्लेख गर्दै उहाँले विचार, राजनीति र सङ्गठनमा रहेको अलमलसमेत अब सकिएको स्पष्ट पार्नुभयो । सङ्गठनात्मक अभियानलाई क्रियाशिलताका साथ अगाडि बढाएपछि तराई मधेशदेखि हिमाली जिल्लामा समेत पार्टीप्रतिको आकर्षणमा थप वृद्धि भएको उहाँको भनाइ छ । डोल्पा, भोजपुर, रौतटह र सर्लाहीलगायत जिल्लामा भएका जनसभालगायतबाट पनि पार्टीप्रति जनताको विश्वासमा वृद्धि भएको आफूले पाएको अध्यक्ष दाहालले उल्लेख गर्नुभयो ।

    पार्टीमा महिलाको सहभागिता बढाएर ३५ प्रतिशत पु¥याइएको, युवाको प्रतिनिधित्व २० प्रतिशत रहने गरी सुनिश्चिता गरिएको तथा समावेशी तथा समानुपातिक प्रतिनिधित्वलाई विशेष प्राथमिकतामा राखिएका कारण जनताले माओवादी नै भरोसायोग्य पार्टी भएको विश्वास गरेको उहाँको भनाइ छ ।

    अध्यक्ष दाहालले पार्टीलाई नयाँ शिराबाट उठाउने विश्वास दिलाएका कारण माओवादीमा बुद्धिजीवी, युवा, मजदुर, किसान र विभिन्न पार्टीका नेता तथा कार्यकर्ताको आकर्षण बढेको दावी गर्नुभयो । विचार र राजनीतिक कार्यदिशाको अभावमा आयोजना गरिने सम्मेलन र महाधिवेशन कुम्भ मेला जस्तो देखिने तर्क गर्दै उहाँले भन्नुभयो, “जहाँ विचार र छलफलका लागि ठाउँ छैन । तर, जनतालाई भ्रम दिने कोशिस भइरहेको छ । त्यस्ता सम्मेलनको कुनै अर्थ हुँदैन ।”

    संविधान,सङ्घीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउने षड्यन्त्रका साथ प्रतिनिसिभाको विघटन गरिएको र परिवर्तनका सबै एजेण्डलाई ध्वस्त पार्न खोजिएका कारण जनताले बाध्य भएर त्यसको प्रतिवाद गरेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “प्रतिगमनप्रति गरिएको प्रतिवादका कारण आजको अवस्थामा हामी छौँ, यो हामी सबैका लागि खुशी र गर्वको कुरा हो ।”

    समाजवादी क्रान्ति गर्न लायक पार्टी बनाउने सङ्कल्प गरेको जानकारी दिँदै उहाँले समाजवादी क्रान्तिको मोडेल, आर्थिक, राजनीतिक र सांस्कृतिक नीति निर्माण गर्ने नीति र योजनाको सङ्कल्प गरिएको बताउनुभयो । पछिल्लो पटक प्रतिगमन विरोधी वर्गसङ्घर्षमा प्राप्त गरेको सफलताका आधारमा र विचार निर्माणका लागि लिइएको दिशा निर्देशन र प्रतिवद्धतालाई कार्यान्वयन गर्न पनि सोही अनुसारको नेतृत्व आवश्यक रहेकाले सोही दिशामा केन्द्रीत हुन पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो । पार्टीको समग्र विचार निर्माणमा कम ध्यान गएको र कमजोरी भएको स्वीकार गर्दै उहाँले तत्कालीन दैनिक काम कारवाही र जोड घटाउनमा लाग्दा विचार निर्माणको विषय छुटेकाले अब त्यस्तो हुन नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

    माओवादी कमजोर भए परिवर्तनका एजेण्डा र राष्ट्रियतासमेत कमजोर हुने भएकाले पार्टीलाई बलियो र जनमुखी बनाउन सबैको उत्तिकै प्रयत्न जरुरी रहेको अध्यक्ष दाहालको भनाइ छ । उहाँले भन्नुभयो, “हामीलाई निश्क्रिय हुने छुट छैन । हामीले जुन लाइन लिएको हो, त्यसलाई दृढताका साथ अगाडि बढाउन जरुरी छ । राष्ट्रका निम्ति पनि आवश्यक छ ।” परिवर्तन उल्ट्याउने षड्यन्त्रलाई परास्त गर्न आक्रामक रुपमा क्रियाशिल हुनसमेत आग्रह गर्नुभयो ।

    पार्टी सदस्य सङ्ख्या १० लाख पुगेकाले प्रत्येक पार्टी सदस्यले चार जना मतदाता तयार पारे ४० लाख मत पार्टीको पक्षमा आउने भन्दै सोही लक्ष्यका साथ क्रियाशिल हुनसमेत ध्यानाकर्षण गराउनुभयो । सरकारका नीति तथा कार्यक्रम, पार्टीको नीति तथा कार्यक्रम र जनताको आवश्यकताको आधारमा समाजवादी कार्यदिशा तय गर्नुपर्ने उहाँको जोड दिनुभयो । समाजवादी उत्पादन अभियान चलाउने तयारी भइरहेको जानकारी दिँदै अध्यक्ष प्रचण्डले राष्ट्रिय सम्मेलनबाट त्यसको सश्लेषण गरिने विश्वास दिलाउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री
    • बल्खु र वंशीघाट क्षेत्र नदी किनारका जोखिमपूर्ण बस्ती हटाइँदै
    • गण्डकदेखि मितेरीपुलसम्मको सडकको केन्द्रविन्दु छुट्टयाउन थालियो
    • साँचो क्रान्ति ‘क’बाट होइन, ‘ज्ञ’बाट सुरु हुन्छः प्रधानमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.