सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एमाले महाधिवेशन ः सहमतिका लागि कार्यकर्ताको दबाब, नेताहरु छलफलमा


  •    न्युजभित्तो/११ मंसिर २०७८, शनिबार १२:४५ 
  • सौराहा, ११ मङ्सिर ।  नेकपा (एमाले) को जारी दशौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रस्थलमा प्रतिनिधि, कार्यकर्ता र पर्यवेक्षक नयाँ नेतृत्वको तीव्र प्रतिक्षा गरिरहेका छन् ।
    बन्दसत्रस्थल सौराहामा प्रतिनिधिले सर्वसम्मत नेतृत्व हुनुपर्ने माग गरेका छन् भने शीर्ष नेताहरु आपसी छलफल र परामर्शमा व्यस्त रहेका छन् । सौराहामा सुरु हुन लागेको बन्दसत्रका प्रतिनिधिहरुले नाराबाजी गर्दै सर्वसम्मतको माग गरेका हुन् ।

    उनीहरुले पार्टीमा एकताबद्ध र सर्वसम्मत नेतृत्व हुनैपर्छ भन्दै नारा लगाइरहेका छन् । महाधिवेशनको बन्दसत्रमा मनोनीतसहित दुई हजार २७५ प्रतिनिधि छन् । बन्दसत्रले नयाँ नेतृत्व चयन गर्नेछ । सहमतिकै लागि विधान परिमार्जन गर्न गए राति सम्पन्न केन्द्रीय कमिटीको बैठकले २२५ सदस्यीयलाई ३०१ सदस्यीय केन्द्रीय कमिटी बनाउने प्रस्ताव बन्दसत्रमा पेश गर्ने निर्णय गरेको थियो ।

    गत असोजमा सम्पन्न प्रथम विधान महाधिवेशनमा पारित विधान अहिले नै परिमार्जन गरिँदा सहमतिका लागि सहज हुने भए पनि छिटोछिटो निर्णय परितर्वन हुने स्थिति आएको टिप्पणी पनि कार्यकर्ताबीचमा सुनिएको छ । तर, सङ्कटपूर्ण अवस्थामा पार्टीको नेतृत्व तहमा उच्चस्तरको एकता, सहमति र उच्च लोकतान्त्रिक अभ्यासका लागि उक्त प्रस्तावलाई अन्यथा मान्न नमिल्ने पनि तर्क प्रतिनिधिको रहेको देखिन्छ ।

    बन्दसत्रस्थलमा चितवनको चिनारी चिनाउने र स्थानीय उत्पादन तथा विभिन्न माक्र्सवादी पुस्तकका कक्ष राखिएका छन् । प्रतिनिधिको स्वास्थ्य व्यवस्थापनका लागि पार्टीको स्वास्थ्य समितिले निःशुल्क शिविर खडा गरेको छ । प्रतिनिधिका लागि बाँकी परिचयपत्र वितरण कार्य अहिले पनि भइरहेको छ । मनोनितमध्ये कतिपय प्रतिनिधिका परिचयपत्र बन्दै गरेको जनाइएको छ ।

    बन्दसत्रस्थलमा अहिले प्रवेशका लागि कडाइ गरिएको छ । बन्दसत्रमा सुरक्षा व्यवस्था चुस्त बनाइएको छ भने पार्टीले करिब ५०० स्वयंसेवक परिचालन गरेको छ । सो स्थलमा काल माक्र्सको मूर्ति, जननेता मदनकुमार भण्डारी, तत्कालीन अध्यक्ष मनमोहन अधिकारी, अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरुको तस्बीर सजाइएको छ । पार्टीको केन्द्रीय प्रचार कमिटीले बन्दसत्रस्थल नजिकैको होटेल रोयल सफारीमा मिडिया सेन्टर सञ्चालन गरेको छ भने प्रेस चौतारी नेपाल, चितवन शाखाले सो स्थलमा सञ्चारकर्मीका लागि सहायता कक्षा खडा गरेको छ ।

    सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै एमालेका सचिव योगेश भट्टराईले पार्टीको आन्तरिक व्यवस्थापनका लागि सहमतिको प्रयास भइरहेको र त्यो आवश्यक रहेको जनाउनुभयो । उहाँले पार्टीमा एकताका लागि गरिएको १० बुँदे सहमति महाधिवेशनका प्रतिनिधिकै बीचमा रहेको प्रतिक्रिया दिनुभयो । सहमतिका नाममा प्रतिनिधिको मताधिकार गर्ने अधिकार कुण्ठित गर्ने त होइन भन्ने प्रश्नमा एमाले केन्द्रीय सदस्य सूर्य थापाले केन्द्रीय कमिटीको संख्या वृद्धि भएकाले अनुभवी नेतृत्व र नयाँ साथीहरु समेटिने गरी नेतृत्व चयन हुने बताउनुभयो ।

    पार्टीका प्रतिनिधि र पर्यवेक्षक नेता कार्यकर्ताका प्रतिक्रिया सञ्चारमाध्यममा छाइरहेका छन् । उनीहरुले पनि मुलुकको विषम स्थितिमा पार्टी एकताबद्ध हुनुपर्ने र सहमतिमा नेतृत्व हुनुपर्ने धारणा दिइरहेका छन् ।
    सहमतिमा नेतृत्व हुने तयारी भएपछि विभिन्न पदमा उम्मेदवारीको घोषणा गर्ने नेताहरुले प्रचार कार्यलाई स्थगन गरेका छन् ।

    बन्दसत्र सुरु हुनुअघि एमाले नेताहरु छलफलमा जुटेका छन् । आज बिहान १० बजे हुने भनिएको बन्दसत्र सहमतिको प्रयास जारीका कारण १२ बजेपछिमात्र सुरु हुने बताइएको छ । बन्दसत्रमा विदेशी पाहुना प्रतिनिधिले पनि शुभकामना दिने कार्यक्रम छ । सौराहाको होटेल सेभेन स्टारमा निर्मित हलमा बन्दसत्र हुने तयारी छ । सहमति नभए निर्वाचन गराउन पार्टीको केन्द्रीय निर्वाचन आयोगले तयारी गरेको छ । अहिले सौराहाका सबै होटेल महाधिवेशनका प्रतिनिधि, पर्यवेक्षक, सञ्चारकर्मी र सुरक्षाकर्मीले भरिभराउ छन् भने सडक र चोक वरपर सवारी साधन र मानिसको बाक्लो उपस्थिति देखिन्छ । सौराहा चोकबाट सौराहा बजार आउन जान शुक्रबार साँझदेखि अहिलेसम्म पनि सवारी जामको स्थिति हुँदा व्यवस्थापनका लागि ट्राफिक प्रहरीलाई धौधौ परेको छ । एमाले महाधिवेशनको उद्घाटनसत्र नारायणी नदी किनारमा शुक्रबार भएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री
    • बल्खु र वंशीघाट क्षेत्र नदी किनारका जोखिमपूर्ण बस्ती हटाइँदै
    • गण्डकदेखि मितेरीपुलसम्मको सडकको केन्द्रविन्दु छुट्टयाउन थालियो
    • साँचो क्रान्ति ‘क’बाट होइन, ‘ज्ञ’बाट सुरु हुन्छः प्रधानमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.