सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रधानमन्त्री देउवाले भने–विगतमा हामीले धेरै दुःख पायौं अब कसैले पनि दुःख नपाउने गरी काम गरौं


  •    न्युजभित्तो/१० मंसिर २०७८, शुक्रबार १७:०२ 
  • काठमाडौं,१० मंसिर । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले दलहरुबीच सद्भाव, छलफल र संविधानमार्फत् हरेक समस्याको समाधान निकाल्ने बताउनु भएको छ ।

    आज नेकपा एमालेको १० औँ महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना मन्तब्य दिनुहुँदै प्रधानमन्त्री देउवाले दलहरुबीच सद्भाव, छलफल र संविधानमार्फत् हरेक समस्याको समाधान निकाल्न सकिने बताउनु भएको हो । उहाँले नेकपा एमालेले सरकारका विविध विधान अनुसार थिति बसाल्ने काममा साथ दिनुपर्ने पनि बताउनु भयो । प्रधानमन्त्री देउवाले अध्यक्ष ओली र आफू जेलमेट भएको बताउँदै त्यो बेला भोगेको दुःखलाई ध्यानमा राखेर अबका दिनमा कुनै नेपालीलाई दुःख नदिने गरी काम गर्नुपर्ने पनि बताउनु भयो ।

    प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘हामी दलहरुबीच सद्भाव, छलफल र संविधानसंवादमार्फत् हरेक समस्याको समाधान निकाल्न चाहन्छु । नेकपा एमालेका अध्यक्ष ओलीजी लगायत जेलमा पनि हामी उहाँका साथीहरु लगायत, बामपन्थी साथीहरु लगायत म पनि हामी सबै जेलका साथीहरु हौँ । जेलमा हामी जेलमेट पनि हौँ । यी सबै कुराहरु हामीले सबै भोगेका पनि हौँ । हिजोका दिनमा भोगेका दुःखहरुलाई ध्यानमा राखेर भोलिका दिनमा कुनै नेपालीलाई पनि दुःख नपरोस्, यस्तो किसिमको परिस्थिति नआओस् भनेर सचेत हुनुपर्छ जस्तो लाग्छ मलाई । मेरो नेतृत्वको सरकारले यिनै मूल्य र मान्यतालाई संस्थागत गर्न कटिवद्ध छ । नेकपा एमालेले सरकारका विविध विधानअनुसार स्थिती बसाल्ने काममा साथ दिनुपर्छ ।’

    प्रधानमन्त्री देउवाले कोभिड १९ ले आक्रान्त भएका बेला सबै जनतालाई कोरोनाविरुद्धको खोप पु-याउनु आफ्नो पहिलो लक्ष्य भएको र त्यसैअनुसार लक्ष्य हासिल गरिरहेको बताउनु भयो ।

    उहाँले सबैको सहयोगबाट संसदभित्र प्रतिनिधित्व गर्ने र संसद बाहिरका राजनीतिक दलहरुसँग सहकार्य गरी देश र जनतालाई केन्द्रमा राखेर साझा धारणाका आधारमा देशलाई अघि बढाउने कुरामा प्रतिवद्ध रहेको समेत बताउनु भयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.