सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एमालेका लागि नभई देशका लागि एकल बहुमतको सरकार : ओली


  •    न्युजभित्तो/१० मंसिर २०७८, शुक्रबार १६:५९ 
  • चितवन, १० मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेका लागि नभई देशका लागि एमालेको एकल बहुमतको सरकार ल्याउन जरुरी रहेको बताउनु भएको छ । एमालेको १० औं राष्ट्रिय महाधिवेशनको आज नारायणी नदी किनारमा सम्बोधन गर्नुहुँदै उहाँले अब निर्वाचनको तयारीमा लाग्ने र एकल बहुमत ल्याउने बताउनुभएको हो ।

    उहाँले भन्नुभयो “महाधिवेशन लगत्तैदेखि चुनावको तयारीमा जुट्छौं, एमालेको एकल बहुमत ल्याउँछौं ।” ओलीले आउँदो चुनावबाट एमालेको सरकार बन्न दाबी गर्नुभयो । उहाँले विकासका कामलाई अगाडि बढाउनका लागि एमालेको सरकार चाहिएको बताउँदै भन्नुभयो “अब मुलुकमा राजनीतिक समस्या छैन, विकासको काम अगाडि बढ्नुपर्छ, त्यसका लागि एमालेको सरकार आवश्यक छ ।” लोकतन्त्र स्थापित भइसकेकाले अब विकासमा अगाडि बढ्नुपर्ने उहाँको भनाइ थियो ।

    अध्यक्ष ओलीले नयाँ नक्सामा समेटिएको लिम्पियाधुरा, लिपुलेक र कालापानीको जमिन संवादका माध्यमबाट फिर्ता लिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो “नेपालले सबै छिमेकी राष्ट्रहरूसँग सहकार्य गरेर, समदूरी कायम राखेर अघि बढ्न चाहेको छ ।” जमिन फिर्ता नलिएसम्म हामीलाई दबिएको, हेपिएको भन्ने अनुभूति भईरहने ओलीको भनाई थियो । उहाँले भन्नुभयो “त्यसैले हामी त्यो जमिन फिर्ता लिएर वास्तविक मित्रता, वास्तविक छिमेकीको सम्बन्ध कायम गर्न चाहन्छौँ ।”

    विश्व सहकार्यका साथ अघि बढ्नुपर्ने समय रहेको बताउँदै ओलीले भन्नुभयो “ठूला–साना, गरिब–धनी, जनसंख्यामा जे भए पनि सबै राष्ट्रहरूको सार्वभौमसत्ता समान छ, सबैले सबैलाई समान हिसाबले लिनुपर्छ । एमाले यस्तो समानतामा विश्वास राख्दछ ।” एमालेले कसैलाई पनि शत्रु र मित्रुका रुपमा नलिएर आपसी समझदारी र सहकार्यबाट अघि बढ्न चाहेको उहाँले बताउनुभयो ।

    एमालेले स्वाधीनताको अभ्यास गर्न चाहेको बताउँदै ओलीले भन्नुभयो “एमाले राष्ट्रिय स्वाधीनता र स्वतन्त्रता चाहन्छ ।” एमाले सधैँ सहअस्तित्व र सहकार्य, सामाजिक न्याय र समानताको पक्षमा रहेको र त्यसैको माध्यमबाट राष्ट्रिय एकता कायम राख्न चाहेको अध्यक्ष ओलीको भनाई छ ।

    प्रधानमन्त्री शेरबहादुर देउवालाई काम गर्न अप्ठ्यारो भइरहेको बताउँदै उहाँले भन्नुभयो “विगतमा आफू प्रधानमन्त्री रहेको बेला काम गर्न नदिनेहरू आज प्रधानमन्त्री देउवासँग छन् उनीहरु काम गर्न दिंदैनन् ।” माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र माधव कुमार नेपाललाई लक्षित गर्दै उहाँले भन्नुभयो “प्रधानमन्त्रीलाई गाह्रो छ । मेरा खुट्टा तान्नेहरु आज उहाँका खुट्टा समातिराख्या छन् ।”

    कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले देश र जनतासँग जोडिएका मुल मुद्धाहरुमा समान धारणा बनाउन सम्बाद सहकार्य आबश्यक रहेको बताउनुभयो । नेकपा उहाँले दलहरु बीच नीतिगत बिषयमा भएका बिमतिहरुलाई संबिधान मार्फत निर्धारण गरेका बिधिबाट टुङ्गो लगाउनु पर्नेमा उहाँको जोड थियो ।
    लोकतान्त्रीक संसदीय शासन, पद्धतीको मर्म अनुसार एमालेको १० औं महाधिबेशन आयोजना गर्ने नेकपा एमालेलाई बधाई दिदैं उहाँले पूर्ण सफलताको कामना पनि गर्नुभयो ।
    कार्यक्रममा माओवादी नेता लिलामणि पोखरेल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादीका अध्यक्ष महन्त ठाकुर लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा एमाले नेता रामबहादुर थापाले स्वागत र एमाले चितवनका अध्यक्ष पार्वती रावलले धन्यवाद व्यक्त गर्नुभएको थियो ।
    एमाले उद्घाटन समारोह अघि भरतपुर, आँपटारी र गैंडाकोटबाट झाँकी सहितको ¥याली निकालिएको थियो । सभामा ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।
    एमालेको बन्द सत्र भोलि पर्सी सौराहामा हुनेछ । महाधिवेशनले २२५ सदस्यीय नयाँ नेतृत्व चयन गर्दै सम्पन्न हुने जनाईएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.