सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एमाले महाधिवेशनले चितवन कांग्रेसको अधिवेशन अनिश्चित


  •    न्युजभित्तो/१० मंसिर २०७८, शुक्रबार ०९:४५ 
  • काठमाडौं,१० मंसिर । नेपाली कांग्रेस चितवनको जिल्ला अधिवेशन अनिश्चित बनेको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले चितवनमा राष्ट्रिय महाधिवेशन गरेपछि कांग्रेस जिल्ला अधिवेशन नै प्रभावित भएको हो ।

    एमालेको महाधिवेशन उद्घाटनकै दिन कांग्रेस चितवनको जिल्ला अधिवेशन पनि उद्घाटन गर्ने कार्यतालिका थियो । तर एमाले महाधिवेशनका कारण यातायात व्यवस्था अस्तव्यस्त भएको र मतदातालाई राख्न आवासको समेत समस्या देखिएपछि कांग्रेस जिल्ला अधिवेशन स्थगित भएको जिल्ला निर्वाचन अधिकृत कमलमोहन पोखरेलले जनाए । अधिवेशनको अर्को मिति भने तय भइसकेको छैन ।

    कांग्रेसको जिल्ला कार्यसमितिले निर्वाचन कार्यक्रम प्रदेश अधिवेशनपछि मात्रै गर्ने गरी निर्वाचन समितिलाई पत्र पठाएको निर्वाचन अधिकृत पोखरेलले विज्ञप्तिमार्फत् जनाएका छन् । उनले जिल्ला कार्यसमितिको राय केन्द्रीय निर्वाचन समितिलाई पठाइसकेको तर कुनै जवाफ नआएकाले तत्काल अधिवेशनका कार्यक्रम स्थगित गरिएको जनाएका छन् ।

    कांग्रेस चितवनको जिल्ला अधिवेशन शुक्रबार हुने कार्यतालिका थियो । शुक्रबार मनोनयन दर्ता र शनिबार मतदान गर्ने तयारी निर्वाचन समितिको थियो ।

    एमालेको १० औं महाधिवेशनका कारण चितवनका सबै होटलहरु भरिएका छन् भने यातायात व्यवस्था पनि अस्तव्यस्त बनेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.