सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एमाले महाधिवेशनमा मानव समुन्द्र : योगेश भट्टराई


  •    न्युजभित्तो/९ मंसिर २०७८, बिहीबार १६:३० 
  • चितवन, ९ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रचार विभाग प्रमुख योगेश भट्टराईले १०औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा मानव समुन्द्र उपस्थित हुने बताउनुभएको छ । प्रेस चौतारी नेपाल चितवन शाखाले आज नारायणगढस्थित नारायणदी नदी किनारमा आयोजित पत्रकार सम्मेलनमा उहाँले पाँच लाख बढी जनसहभागिता हुने बताउनुभएको हो ।

    भट्टराईका अनुसार विभिन्न स्थानमा स्वागतद्वार निर्माण, उद्घाटन सत्रको मञ्च निर्माण तथा बन्दसत्र हुने हल निर्माण सहित आवास व्यवस्थापनको सबै काम पूरा भएको छ । प्रेस चौतारी नेपाल चितवन शाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले महाधिवेशन उद्घाटनस्थलमा मञ्च निर्माण, सेल्फी प्वाइन्ट निर्माण, गैँडाको मस्कट निर्माण सहितका सबै काम पूरा भएको जानकारी दिनुभयो । भट्टराईले जिल्लाका ५० भन्दा बढी स्थानमा स्वागतद्वार निर्माण गरिएको, झण्डा र धजापताकाले जिल्लालाई सजाईएको बताउनुभयो ।

    महाधिवेशनमा २ हजार १७५ प्रतिनिधि र १०३ जना पर्यवेक्षक सहभागि हुनुहुनेछ । प्रतिनिधिमध्ये ६२७ जना महिला र २०९ जना दलित रहेको भट्टराईले जानकारी दिनुभयो ।

    महाधिवेशनको भोलि मध्यान्ह १२ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उद्घाटन सत्रमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायतका अन्य दलका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । भारत, बंगलादेश, श्रीलंका, कम्बोडिया लगायत विदेशीमुलुकका राजनीतिक दलका प्रतिनिधिहरु महाधिवेशनमा सहभागी हुने भट्टराईले जानकारी दिनुभयो । चिनिया कम्युनिष्ट पार्टीको भिडियो सन्देश प्राप्त हुने उहाँको भनाई छ । कोरोनाका कारण चिनियाहरु विदेश भ्रमण नगरेका कारण उहाँहरुले सन्देश पठाउने भट्टराईले बताउनुभयो ।

    महाधिवेशन लगत्तै एमालेको अर्जुन दृष्टि निर्वाचनमा जाने उहाँको भनाई छ । उहाँले भन्नुभयो “महाधिवेशनपछि एमालेको दृष्टि अब चुनाव हुन्छ ।” यो महाधिवेशनले सम्पूर्ण रुपमा पार्टीलाई एकताबद्ध गराउने बताउँदै भट्टराईले भन्नुभयो “एमालेले तीनै तहमा बहुमत ल्याउने गरी महाधिवेशनबाट संकल्प गरेर फर्किन्छौं । महाधिवेशनको विशेष सन्देश यही हुने छ ।”

    यो महाधिवेशन एकता, सहमतिको हुने बताउँदै भट्टराईले भन्नुभयो “नेकपा एमालेलाई यो देशको कम्युनिष्ट आन्दोलनको एकमात्रै पार्टीका रुपमा स्थापित गर्नेछ ।” एमालेको प्रतिस्पर्धा अब यथास्थितिवादी र दक्षिणपन्थी शक्तिहरुसँग हुने भट्टराईको भनाई छ ।

    एमाले महाधिवेशनको उद्घाटन नारायणगढस्थित नारायणी नदी किनारमा हुनेछ भने बन्द सत्र सौराहामा हुनेछ । अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै सम्पन्न हुनेछ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.