सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गलकोटको विकासबारे अर्थमन्त्रीलाई ध्यानाकर्षण


  •    न्युजभित्तो/९ मंसिर २०७८, बिहीबार १५:०१ 
  • बागलुङ, ९ मङ्सिर । गलकोट नगर क्षेत्रको विकासबारे नेकपा (माओवादी केन्द्र)ले अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’लाई ध्यानाकर्षण गराएको छ । आज गलकोट, हटियामा आयोजित अन्तक्र्रिया कार्यक्रममा पार्टीको नगर कमिटीले अर्थमन्त्री शर्मासमक्ष विविध विषयमा मागपत्र बुझाएको हो ।

    गलकोटमा इलाका प्रशासन कार्यालय स्थापना, स्मार्ट सिटी निर्माण र मध्यपहाडी पुष्पलाल लोकमार्ग कालोपत्रलगायतका विकास योजना यथाशीघ्र कार्यान्वयनमा ल्याउन अर्थमन्त्रीको ध्यानाकर्षण गराइएको माओवादी केन्द्रका नगर इञ्चार्ज फमलाल निउरेले जानकारी दिनुभयो ।

    “हामीले पहिलेदेखि नै उठाउँदै आएका माग र मुद्दालाई अर्थमन्त्रीसमक्ष मौखिक र लिखित दुवै माध्यमबाट राख्यौँ”, उहाँले भन्नुभयो, “प्रस्ताव अघि बढाउनेदेखि बजेट व्यवस्थापनका सन्दर्भमा सकारात्मक पहल लिने प्रतिबद्धता मन्त्रीज्यूबाट आएको छ ।”

    यसक्रममा अर्थमन्त्री शर्माले गलकोटसहित समग्र जिल्लाको विकासमा सरकारले ध्यान दिने बताउनुभएको थियो । गलकोटमा इलाका प्रशासन कार्यालय स्थापनाको माग केही वर्ष अघिदेखि नै उठ्दै आएको छ । उक्त माग लिएर दुई वर्षअघि राजधानी पुगेको जनप्रतिनिधिसहितको सर्वदलीय टोलीले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलगायत मन्त्रीहरूलाई भेटेको थियो ।

    गलकोट नगरपालिका र ताराखोला गाउँपालिकालाई कार्यक्षेत्र तोकेर कार्यालय खोल्ने भनिए पनि त्यो अझै कार्यान्वयनमा आउन सकेको छैन । सरकारी तवरबाट आश्वासन पाए पनि मागको सुनुवाइ नभएको गलकोटवासीको गुनासो छ । इलाका प्रशासन कार्यालय गलकोटमै खुलेमा नागरिकता बनाउनेदखि मालपोत र नापीको सेवा लिन घण्टौँ लगाएर सदरमुकाम धाउनुपर्ने सर्वसाधारणको बाध्यता हट्ने थियो ।

    सरकारले देशका विभिन्न ठाउँमा बनाउने भनेको स्मार्ट सिटीको योजना गलकोटमा पनि पार्नुपर्ने माग अर्थमन्त्री शर्मासमक्ष राखिएको नगर इञ्चार्ज निउरेले बताउनुभयो । यस्तै मार्ग खुलेको दुई दशक बढी भइसक्दा पनि कालोपत्र हुन नसकेको मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत बागलुङ–घोडाबाँधे खण्ड कालोपत्र र गलकोट क्षेत्रको सडक सुधारका लागि पनि ध्यानाकर्षण गराइएको उहाँको भनाइ छ ।

    पाँच वर्षअघि कालोपत्र भएपनि लोकमार्गको घोडाबाँधे–हटिया खण्ड नियमित मर्मत सुधार नहुँदा रुग्ण अवस्थामा पुगेको छ । सो अवसरमा नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्यसमेत रहनुभएका अर्थमन्त्री शर्माले पार्टीको आन्तरिक परिस्थिति, आसन्न राष्ट्रिय सम्मेलनलगायतका विषयमा नेता, कार्यकर्तालाई जानकारी गराउनुभएको पार्टी नगर कमिटीले जनाएको छ । कार्यक्रममा (माओवादी केन्द्र)का जनप्रतिनिधिलगायत नेता, कार्यकर्ताको उपस्थिति थियो । लोकमार्ग भएर रुकुम जाने सिलसिलामा अर्थमन्त्री शर्माले गलकोटको कार्यक्रममा भाग लिनुभएको हो ।
    –––

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.