सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सकेसम्म सहमतिमा नै नेतृत्व चयन गरौंः नेता थापा


  •    न्युजभित्तो/९ मंसिर २०७८, बिहीबार १४:४१ 
  • चितवन, ९ मङ्सिर ।  नेकपा एमाले स्थायी कमिटी सदस्य रामबहादुर थापाले पार्टीको १०औँ महाधिवेशनले सकेसम्म सहमतिबाटै नेतृत्व चयन गर्ने बताउनुभएको छ ।

    महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजकसमेत रहनुभएका नेता थापाले यहाँ आज पत्रकारहरुसँग कुराकानी गर्नुहुँदै सहमति हुन नसके निर्वाचन प्रक्रियाबाट अघि बढ्ने बताउनुभएको हो । उहाँले भन्नुभयो, “१०औँ महाधिवेशनले सहमतिमानै नेतृत्व चयन गर्छ । यो सम्भव छ ।”

    नेता थापाले स्थानीय तहमा सहमतिमानै नेतृत्व चयन भएको भन्दै केन्द्रमा पनि यसको प्रभावपर्ने बताउनुभयो । आफू कुन पदमा उम्मेद्वारी दिने भन्ने विषयमा टुङ्गो नलागेको भन्दै उहाँले छलफलबाट पदको टुङ्गो लाग्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मेरो उम्मेदवारी के मा भन्ने टुङ्गो लागेको छैन । छलफलबाट निस्कर्ष निकाल्छौं ।”

    यस्तै नेकपा (एमाले)का नेता शेरबहादुर तामाङ्ले महाधिवेशनले सर्वसहमत नेतृत्व छनोट गर्ने बताउनुभएको छ । यहाँ आज पत्रकारसँग कुराकानी गर्नुहुँदै उहाँले अन्तिम समयसम्म सहमतिको प्रयास हुने र सहमतिमानै नेतृत्व चयन हुने बताउनुभयो । उहाँले भन्नुभयो, “साथीहरुले आन्तरिक तयारी सुरु गर्नुभएको छ । आकांक्षा राख्न पाइन्छ ।”

    फरक प्रसङ्गमा बोल्दै उहाँले आफू सचिवको उम्मेद्वार रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “म काममा विश्वास राख्छु । कायकर्ताले दिएको जिम्मेवारीमा बस्छु । तर अपग्रेड हुने चाहना छ ।”

    नेकपा एमालेका युवा नेता महेश बस्नेतले १०औँ महाधिवेशनले सबैलाई एक ठाउँमा बनाएर लैजाने बताउनुभयो । पत्रकारहरुसँग कुराकानी गर्नुहुँदै उहाँले माओवदीबाट आएका र १० वुँदे सहमतिबाट आएका नेताहरुलाई व्यवस्थापन गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “अन्यमा समस्या छैन । १० बँुदे सहमतिपछि आएका नेतामा केही समस्या देखिएको हो । उहाँहरुलाई जिम्मेवारी दिएर व्यवस्थापन गर्न सकिन्छ ।”

    महाधिवेशनले केपी शर्मा ओलीकै नेतृत्वमा एमालेलाई अघि बढाउने भन्दै उहाँले अन्य विषयमा छलफलबाट समाधान हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “अहिलेको महाधिवेशनले नयाँ र युवा पुस्ताको पनि व्यवस्थापन गर्न जरुरी छ ।” आफू सचिव पदको उम्मेदवार रहेको भन्दै उहाँले जिम्मेवारी दिँदा पुराना र नयाँलाई मिलाइर अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “एमालेको पदाधिकारीको प्रवेश विन्दु नै सचिव हो । यसमा नयाँ र युवा पुस्ताको पनि सहभागिता आवश्यक छ ।”

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.