च्याम्पियन्स लिगः पीएसजीलाई हराउँदै सिटी नकआउट चरणमा प्रवेश न्युजभित्तो/९ मंसिर २०७८, बिहीबार १४:०१ काठमाडौं, ९ मंसिर । प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी समूह विजेता बन्दै च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई २–१ गोल अन्तरले पराजित गर्दै सिटी समूह विजेताको रुपमा अन्तिम १६ मा पुगेको हो । सिटीको घरेलु मैदानमा भएको खेलमा जित दिलाउन रहिम स्ट्रर्लिङ र ग्राबियल जिससले एक÷एक गोल गरे । खेलको ५०औं मिनेटमा केलियन एमबाप्पेले गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाए । तर, खेलको ६३औं मिनेटमा रहिम स्ट्रर्लिङले गोल गर्दै सिटीलाई १–१ गोलको बराबरीमा ल्याएका थिए । साथै, खेलको ७६औं मिनेटमा ग्राबियल जिससले गोल गर्दै सिटीलाई २–१ को शानदार जित दिलाए । यस जितसँगै सिटीले समूह ‘ए’ मा ५ खेलमा १२ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ । यस्तै, नकआउट चरणमा पुगिसकेको पीएसजी ८ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । तपाईको प्रतिक्रिया ताजा अपडेट विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
काठमाडौं, ९ मंसिर । प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी समूह विजेता बन्दै च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।
सिटीको घरेलु मैदानमा भएको खेलमा जित दिलाउन रहिम स्ट्रर्लिङ र ग्राबियल जिससले एक÷एक गोल गरे ।
खेलको ५०औं मिनेटमा केलियन एमबाप्पेले गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाए ।
तर, खेलको ६३औं मिनेटमा रहिम स्ट्रर्लिङले गोल गर्दै सिटीलाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।
साथै, खेलको ७६औं मिनेटमा ग्राबियल जिससले गोल गर्दै सिटीलाई २–१ को शानदार जित दिलाए ।
यस जितसँगै सिटीले समूह ‘ए’ मा ५ खेलमा १२ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ ।
यस्तै, नकआउट चरणमा पुगिसकेको पीएसजी ८ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।