सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कांग्रेस बागलुङका दुई क्षेत्रमा नयाँ नेतृत्व, जिल्ला अधिवेशन शुक्रबार हुने


  •    न्युजभित्तो/९ मंसिर २०७८, बिहीबार १३:३९ 
  • बलेवा, ९ मङ्सिर । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत बागलुङका दुईवटै निर्वाचन क्षेत्रमा मङ्गलबारबाट सुरु भएको अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । दुवै क्षेत्रमा सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि मतदान प्रक्रियाबाट नेतृत्व टुङ्गो लगाइएको हो ।

    कांग्रेस बागलुङ क्षेत्र नं २ को सभापतिमा जोगलाल बुढा निर्वाचित हुनुभएको छ । बुढाले अर्का प्रत्यासी नरजङ्ग घर्तीमगरलाई ९० मतान्तरले पराजित गर्नुभयो । बुढाले ४१९ मत प्राप्त गर्दा घर्तीले ३२९ मतमात्रै प्राप्त गर्नुभयो । बुढा संस्थापन पक्षबाट र घर्ती संस्थापनइतरका नेता मानिनुहुन्छ । सचिवमा नारायणध्वज मल्ल र दीपक कुँवर निर्वाचित हुनुभयो । मल्लले ३८९ र घर्ती ३८० मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत ज्ञानेन्द्र पन्तले बताउनुभयोे । सहसचिवमा दीपक कुँवर र निरन चन्द विजयी हुनुभयो । कुँवरले ४२२ र चन्दले ३२४ प्राप्त गर्नुभयोे ।

    नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधिमा क्षेत्र नं २ बाट खुला सदस्यतर्फ जीत शेरचन, नरबहादुर पुन निरज, अर्जुन शेरचन, मञ्जेशबम मल्ल, दोर्ण कुँवर, भरत शर्मा गैरे, सागर पोखरेल, टेकराज पौडेल, सिंहबहादुर राना र तुलसिंह घर्तीमगर निर्वाचित हुनुभएको छ । प्रत्यक्ष महिलातर्फ गण्डकी थापा अधिकारी, गौता श्रीष, मञ्जु चालिसे र रेणुका काउचा निर्वाचित हुनुभएको छ ।

    खसआर्यबाट महिला सदस्यमा सरस्वती शर्मा रिजाल, खसआर्य खुला सदस्यमा ऋषिराम कँडेल र तिलबहादुर अधिकारी निर्वाचित हुनुभयो । आदिवासी जनजाति महिला सदस्यमा राधिका पुन र लीलमाया पुन, आदिवासी खुलामा दीपेन्द्र श्रेष्ठ र देवेन्द्र घर्तीमगर निर्वाचित हुनुभयो । दलित महिला सदस्यमा लिमाया पौवी र दलित खुला सदस्यमा भूमिराज सुन्चौरी र सोमबहादुर पौवी दामु विजयी हुनुभयो ।

    क्षेत्र नं २ मा संस्थापन पक्षका उम्मेदवार वियजी भएका छन् । क्षेत्रीय समितिदेखि महाधिवेशन प्रतिनिधिसम्म संस्थापन पक्षको बहुमत रहेको नेताले बताए । यहाँका उम्मेदवार स्पष्ट दुई पक्षमा विभाजित भएका थिए । कांग्रेस बागलुङ क्षेत्र नं १ मा चण्डीप्रसाद शर्मा विजयी हुनुभएको छ । प्रतिस्पर्धी खडकबहादुर थापालाई चार मतान्तरले पराजित गर्दै शर्मा विजयी हुनुभएको हो । शर्माले ५५४ मत प्राप्त गर्नुभएको छ भने थापाले ५५० मतमात्रै प्राप्त गर्नुभयो । सचिवमा शर्माको प्यानलबाटै जयराम भारी र गोविन्द पौडेल (गोपाल) र सहसचिवमा गणेश लम्साल र विष्णु पौडेल विजयी हुनुभएको छ । कांग्रेस महाधिवेशन प्रतिनिधिमा क्षेत्र नं १ बाट खुला सदस्यतर्फ जगदीशचन्द्र उपाध्याय, हरिहर शर्मा, डिल्लीराम सुवेदी, मणिभद्र शर्मा, कँडेल, प्रकाश शर्मा पौडेल, नवराज पौडेल, ओमकार थापा, चिरञ्जीवी गौतम, प्रकाश आचार्य र हरिप्रसाद श्रेष्ठ निर्वाचित हुनुभएको छ ।

    खसआर्यबाट महिला सदस्यमा कमला पराजुली र भगवती शर्मा सापकोटा, खसआर्य खुला सदस्यमा उमाकान्त पौडेल, नरायण शर्मा पौडेल र विष्णु शर्माले चुनाव जित्नुभयो । आदिवासी जनजाति महिला सदस्यमा बेमकुमारी थापा, खुलामा वसन्तकुमार श्रेष्ठ र भीम श्रीषले चुनाव जित्नुभयो । दलित महिला सदस्यमा दुर्गादेवी विश्वकर्मा र दलित खुला सदस्यमा सीताराम रसाइली विजयी हुनुभयो । मुस्लिम, अपाङ्ग, अल्पसङ्ख्यकमा प्रेमबहादुर छन्त्याल निर्वाचित हुनुभएको छ ।

    यसैगरी कांग्रेसको जिल्ला अधिवेशन यही मङ्सिर १० गते हुने भएको छ । जिल्ला अध्यक्षका लागि जगदीशचन्द्र उपाध्याय, द्रोण कुँवर, जित शेरचन र नवराज पौडेल आकाङ्क्षी देखिएका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.