सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एमालेको दशौँ महाधिवेशनमा अनेमसंघले लैँगिक हिंसाको निगरानी गर्ने


  •    न्युजभित्तो/९ मंसिर २०७८, बिहीबार १२:५१ 
  • चितवन, ९ मङ्सिर । नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुने पार्टीका नेता तथा कार्यकर्ताहरुमा लैंगिक संवेदनशीलता प्रस्तुत गर्न नेकपा एमालेको महिला संगठन अखिल नेपाल महिला संघ (अनेमसंघ)ले अनुरोध गरेको छ ।

    संघले महाधिवेशनमा ठूलो संख्यामा मानिसहरुको सहभागिता हुने भएकाले महिलाहरुमाथि कुनै पनि खालको दुव्र्यवहारका साथै लैंगिक हिंसाका घटना हुन नदिनको लागि संयमता अपनाउन अपिल गरेको हो । संघको प्रचार विभाग प्रमुख शर्मिला कार्कीले नारायणी नदी किनारमा हुने १०औँ महाधिवेशनको उद्घाटन कार्यक्रममा त्यस्ता लैंगिक हिंसा तथा दुव्र्यवहारका घटनाको जोखिम हुनसक्ने भएकाले अनेमसंघले निगरानी समेत गर्ने जानकारी दिनुभयो ।

    ‘हाम्रो पार्टी लैंगिक समता र संवेदनशीलतालाई आत्मसात गर्ने पार्टी हो’ कार्कीले भन्नुभयो, ‘यस पार्टीका कार्यकर्ताबाट त्यस्ता असंवेदनशील घटना हुँदैन भन्नेमा हामी ढुक्क छौँ, यद्यपि जनसमुदायको लहरमा त्यस्तो घटना हुनसक्ने जोखिम भएकोले संवेदनशील हुन अपिल गर्दर्छौँ ।’

    अनेमसंघले आजबाट सुरु भएको लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा समेत शुभकामना व्यक्त गर्दै सार्वजनिक रुपमा हिंसामाथि प्रतिकार गर्न र हिंसा नगर्न नगराउन सबैसँग अनुरोध समेत गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.